गण्डकी सरकारले गाँजा खेतीसम्बन्धी कानुन संसद्मा पठायो
शुक्रबार, ०३ असोज २०८२, १६ : ४२
सारांश
- गण्डकी प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ।
- प्रदेश सरकारले गाँजा खेतीलाई व्यावसायिक उत्पादनका लागि अनुमति दिने गरी विधेयक तयार पारेको छ।
- मन्त्रिपरिषद् बैठकले वृत्तिमुखी उद्यमशीलता र रोजगार प्रवर्द्धन कार्यक्रमका लागि कार्यविधि संशोधन गरेको छ।
पोखरा । गण्डकी प्रदेश सरकारले गाँजा खेतीसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले विधेयक संसदमा पठाउन सहमति दिएको हो । अर्थमन्त्री तथा प्रवक्ता डा. टकराज गुरुङले विधेयक संसद्मा पठाउन सहमति दिइएको जानकारी गराए ।
प्रदेश सरकारले घरेलु मदिरा ब्राण्डिङ गर्ने विधेयक संसद्बाट पारित गरिसकेको छ । अब गाँजा खेतीलाई पनि वैधानिकता दिन प्रयत्न गरिएको हो । कडा नियम राखेर गाँजा खेतीलाई व्यावसायिक उत्पादनका लागि अनुमति दिने गरी विधेयक तयार गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले वृत्तिमुखी उद्यमशीलता र रोजगार प्रवर्द्धन कार्यक्रमका लागि कार्यविधि संशोधन गरेको छ । यो वर्ष हुप्सेकोट, जलजला, बडिगाढ र म्याग्देमा सञ्चालन सुरु भएको छ । पालिका, प्रदेश र सहयोगी संस्थाले सहयोग गरेर कार्यक्रम गर्ने गरी यसलाई संशोधन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण