जनतालाई सेवा प्रवाह गर्न मुख्यमन्त्री शाहकाे निर्देशन
शुक्रबार, ०३ असोज २०८२, २१ : ०३
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त कार्यालयहरू सञ्चालन गरी छिटोभन्दा छिटो जनतालाई सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
कर्मचारी तथा विकास साझेदारहरूसँग शुक्रबार एक छलफल आयोजना गरिएको थियो । सो छलफलमा उनले जस्तोसुकै विषम परिस्थितिमा जनतालाई सेवा दिनु प्रदेश सरकारको जिम्मेवारी रहेको उल्लेख गरे ।
जेनजी प्रदर्शनमा प्रदेश कार्यालयका भौतिक संरचनामा आगजनी तथा तोडफोड भएपछि कार्यालयबाट हुने सेवा प्रवाह अवरुद्ध छ । यसअघि मुख्यमन्त्री शाहले क्षतिग्रस्त विभिन्न मन्त्रालयसहित २९ वटा कार्यालयको निरीक्षण गरेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण