बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यति एयर

शनिबार, ०४ असोज २०८२, ०६ : ३६
शनिबार, ०४ असोज २०८२

सारांश

  • यति एयरलाइन्स र धारा नेपालगन्ज म्याराथनबीच सहकार्य हुने सम्झौता भएको छ।
  • सम्झौता अनुसार, यति एयरलाइन्स म्याराथनको आधिकारिक एयरलाइन्स पार्टनर बन्नेछ।
  • म्याराथनले धावकहरूलाई विश्वका शीर्ष म्याराथनहरूमा भाग लिने अवसर प्रदान गर्नेछ।

नेपालगन्ज । धारा नेपालगन्ज म्याराथन र नेपालको यति एयरलाइन्सबिच सहकार्य हुने भएको छ । यही मङ्सिर ६ गते शनिवार हुने ११औँ संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । 

यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज विष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ ।

धारा नेपालगन्ज म्याराथन वल्ड्र रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को पूर्णकालीन सदस्य हो । धारा नेपालगन्ज म्याराथनका विजेता एवं शीर्ष नेपाली धावकहरूलाई विश्वकै शीर्ष म्याराथनहरुमा सहभागिताको अवसर प्रदान गर्ने वातावरण बनाउँदै अगाडि बढेको एम्सका नेपाल प्रतिनिधि एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताएका छन् ।

नेपालगन्ज म्याराथनले इभेन्टको दायरा फराकिलो बनाउन र सबैलाई अपनत्व भाव जगाउन फरक फरक संस्थासँग सहकार्य गर्दै अघि बढेको छ । यसअघि थाइल्यान्डमा हुने विश्व स्तरीय बाङ्सेन रनिङ सिरिजिमा धावक, पदाधिकारी तथा सदस्यहरूका लागि अनुभव बटुल्ने र क्षमता अभिवृद्धि गर्ने अवसर दिनका लागि सम्झौता गरेको छ । यसले बर्सेनि दर्जनौँ धावक तथा म्याराथनको उत्थानमा अहोरात्र खटिने व्यक्तिहरूलाई अवसरको ढोका खोलिदिएको छ ।

‘धारा नेपालगन्ज म्याराथन धावकका लागि त हो नै, समुदायका हरेक सदस्य लाभान्वित हुने प्लेटफर्म हो । ‘यसका हरेक सदस्यले वैदेशिक भ्रमणको अवसर पाउनुका साथै यति एयरलाइन्सको सहुलियत टिकट पाउनेछन्,’ संस्थापक ठकुरीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप