कामेश्वर चौरसिया : हिरो बन्न १८ वर्षको पर्खाइ
सारांश
- अभिनेता कामेश्वर चौरसियाको नयाँ फिल्म 'अभिमन्यु' को प्रदर्शन मिति जेनजी आन्दोलनका कारण परिवर्तन भएको छ, असोज १३ मा रिलिज हुने भएको छ।
- फिल्ममा कामेश्वर पहिलो पटक मुख्य भूमिकामा छन्, जुन उनको १८ वर्षको संघर्षको फल हो र उनले यसलाई ठूलो अवसरको रूपमा लिएका छन्।
- कामेश्वरले फिल्ममा फरक र गम्भीर भूमिका निर्वाह गरेका छन्, र उनी दर्शकबाट राम्रो प्रतिक्रियाको आशा राख्छन्।
काठमाडौँ । सबै कुरा सामान्य भएको भए अभिनेता कामेश्वर चौरसिया यतिबेला आफ्नो नयाँ फिल्म ‘अभिमन्यु’को सफलताको स्वाद चाखिरहेका हुन्थे वा असफलताबाट पाठ सिकिरहेका हुन्थे । तर देशमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि परिस्थिति नै फेरिएको छ । जसकारण निर्धारित भदौ २७ गतेलाई तय भएको उनको फिल्म प्रदर्शनमा आउन सकेन ।
यसअघि प्रचारमा खुलेर लागिसकेका कामेश्वरलाई फेरि अर्को पटक यसमा जुट्नुपर्ने भएको छ, फिल्म रिलिज हुने मिति असोज १३ गतेसम्म ।
कामेश्वरका लागि खास महत्त्व राख्छ फिल्म ‘अभिमन्यु’ले । दशक लामो संघर्ष र पर्खाइपछि उनी पहिलोपटक मुख्य भूमिकामा देखिँदैछन् । जसले नेपाली रजतपटमा उनलाई हिरो बनाएर नयाँ अध्यायको सुरुवात गर्दैछ । यो सपना साकार पार्न उनी प्रचारप्रसारको दौडधुपमा छन् ।
‘भदौ २७ को प्रमोसनका लागि जति पनि प्रयास भएका थिए, ती सब विफल भइहाले । अब नयाँ प्रयास छ, नयाँ उत्साहका साथ फेरि असोज १३ को डेटलाई दर्शकको दिमागमा ल्याउनुपर्नेछ,’ कामेश्वर रातोपाटीसँग भन्छन्, ‘दोहोर्याएर प्रचार गर्नु बेग्लै तनाव रहेछ ।’
फिल्ममा आफ्नो भूमिका अहिलेसम्मको फरक र विशिष्ट रहेको उनी बताउँछन् । ‘यसअघिका फिल्ममा हल्काफुल्का पात्र मार्फत कमेडी भूमिकामा देखिँदै आएको थिएँ,’ उनी भन्छन्, ‘यो फिल्ममा गम्भीर भूमिका निर्वाह गरेको छु ।’
केही समयअघि रिलिज भएको ट्रेलरले फिल्ममा उनको चरित्र नायक र खलनायक दुवैको सम्मिश्रण देखिन्छ ।
‘एउटा व्यक्ति सबका नजरमा हिरो हुन सक्दैन, न त सबैको नजरमा गलत नै । एउटै व्यक्ति कसैका लागि गलत हुन्छ त कसैका लागि सही हुन्छ,’ उनले केही कथा खोले, ‘दर्शनमा आधारित रहेर फिल्मले मानव जीवनका विभिन्न आयामलाई कथामा उतारेको छ ।’ फिल्मले कालखण्ड र कर्मको महत्त्वलाई गहिरोसँग केलाउन जरुरी रहेको उनको भनाइ छ ।

‘पौराणिक पात्र अभिमन्यु पनि आफ्नै आफन्तको षड्यन्त्रमा परेका थिए, परिबन्धमा पारेका थिए,’ फिल्मको नामको विषयमा उनले प्रष्ट पारे, ‘फिल्मले यस्तै किसिमको परिबन्ध र मानव जीवनमा कर्मको प्रभाव देखाउँछ ।’
फिल्मको कथा र पात्रमा लोभिएर आफूले फिल्म अभिनय गरेको उनले खुलाए । ‘यस्तो किसिमको कथाहरू पायो भने म यो चरित्र निर्वाह गर्छु भन्ने सुरुदेखि नै मनमा थियो । यसमा पाए । अभिनयमा होमिए,’ उनले थपे । ‘अभिमन्यु’ जस्तो गहन फिल्म पाउनुलाई उनी आफ्नो सौभाग्य ठान्छन् ।
‘अभिमन्यु’ कामेश्वरका लागि किन पनि विशेष छ भने यो उनको पहिलो मुख्य भूमिका हो । १८ वर्षसम्म रंगमञ्च र फिल्ममा स–साना भूमिकामा गरेको संघर्षको यो सुखद् परिणाम हो ।
‘यो त्यो संघर्षको एउटा परिणाम, सपना साकार भएको समय हो,’ उनी भन्छन्, ‘एउटा क्षितिज पार गरेर अर्को क्षितिजमा आइपुगेको जस्तो लागिरहेको छ ।’ उनले क्षणलाई उनी लेखकको पहिलो लेख पूर्णरूपमा छापिँदा महसुस हुने सन्तोषसँग तुलना गर्छन् ।
फिल्ममा उनलाई पहिलोपटक मुख्य भूमिका गर्ने अवसर सेभेन सिज ब्यानर र त्यसको निर्माता विनोद पौडेलले जुराएका हुन् । उनी पौडेलप्रति कृतज्ञ छन् ।
‘पौडेलजी दूरदृष्टि छ, कलाकार पारखी हुनुहुन्छ,’ उनी भन्दै गए, ‘अहिलेसम्म कमेडी जनरामा चिनिएका मलाई गहन र फरक भूमिकाका लागि विश्वास गर्नुभयो ।’
दर्शकले आफूलाई कमेडीमा मात्र चिनेको र गहन भूमिका जोखिम हुनसक्ने उनले पौडेललाई पनि बताएका थिए । त्यो मेरो काम हो, मेरो ब्यानरको काम हो । तपाईं आफ्नो क्यारेक्टरमा ध्यान दिनुस् भन्दै पौडेलले विश्वास दिलाएपनि उनी मुख्य भूमिका अभिनयका लागि राजी भएँ ।
डरैडरमा अभिनय गरेका उनी प्रमोसनल सामग्री सार्वजनिक भएपछि दर्शकबाट उत्साहजनक प्रतिक्रिया मिलेपछि उत्साहित भएका थिए । ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाले गर्दा फिल्म प्रदर्शनपछि पनि दर्शकले ठुलो माया दिने र दोहोर्याएर हेर्न आउनेमा उनी विश्वस्त छन् । उनले रातोपाटीसँग भने, ‘मलाई पूरा विश्वास छ कि यो फिल्मलाई दर्शकबाट सपोर्ट मिल्छ ।’
- सानैको सपना हिरो
कामेश्वरको सपना सानैदेखि हिरो बन्ने थियो । त्यसैका लागि उनले १८ वर्षसम्म रङ्गमञ्चमा थुप्रै नाटक, थुप्रै टेलिफिल्म र फिल्ममा स–साना भूमिका निर्वाह गरे । जीवनभर सिक्ने र अभिनय गर्ने यात्रामा उनको लागि कुनै गन्तव्य छैन । उनको सपना हिरो भएपनि परिवारले उनीप्रति देखेको सपना डाक्टर बनाउने थियो ।
त्यसका लागि उनी भारत पनि गएका थिए, तर आफू त्यो बाटोमा सफल नहुने कुरा घरमा बताउँदा परिवारमा खिन्नता छाएको उनी सम्झिन्छन् । तर आज १८ वर्षको संघर्षपछि हिरो (मुख्य) भूमिकामा देखिँदा उनी आफ्ना बुबा–आमाको सामु आफूलाई साबित गर्न सफल भएको बताउँछन् ।
‘यो हुनुपर्ने रहेछ, अनि पो त्यो भएन भन्ने कुराहरू अहिले बुबा–आमाबाटै सुनिन्छ,’ उनी भन्छन् ।

हिरोको रुपमा उनी आगामी दिन ‘आम मान्छे’ अर्थात् साधारण मध्यमवर्गीय चरित्रहरू निर्वाह गर्न चाहन्छन् । किनभने आफूले देखिरहेको, भोगिरहेको उतारचढाव र संघर्षले उनलाई छुन्छ । भूमिका सानो होस् या ठुलो, चरित्र बलियो हुनुपर्ने उनको मान्यता छ । उनी फिल्मका लागि चरित्र हेर्ने कलाकार हुन्, आफ्नो भूमिकाको लम्बाइमा उनको खासै ध्यान रहँदैन ।
- निर्देशनमा
भविष्यमा फिल्म निर्माण, निर्देशनमा पनि आउन सक्ने बताउने उनी कलाकारिता कर्म अनन्त धारणा राख्छन् । नयाँ कलाकारहरूलाई अभिनय क्षेत्रमा आउन उनी खुल्ला हृदयले स्वागत गर्छन् । अभिनय रिस्क काम भएको बताउने उनी टिक्न सक्ने र आफू सुरक्षित रहन सक्ने मात्र यो क्षेत्रमा अगाडि बढ्न सफल हुने उनले गरेको अनुभव हो ।
‘यो क्षेत्रमा कुन बेला सफलता मिल्छ भन्न सकिन्न । कसैलाई चाँडै सफलता मिल्छ भने कसैलाई लामो समय लाग्छ,’ उनी गम्भीर कुरा खेल्छन्, ‘कोही जीवनभर संघर्षमा रहिरहन पनि सक्छन् ।’
जीवन एकचोटि मात्र मिल्ने भएकाले भाग्य र पेट दुवैलाई सन्तुलनमा राखेर काममा अगाडि बढ्नुपर्ने उनको भनाइ छ । आफू सक्षम भएर, सिकेर र सुरक्षित एउटा आधार बनाएर आउन उनी नवपुस्तालाई सुझाउँछन् ।
‘जसलाई भोकप्यास तृष्णाले छुँदैन, जसको भित्र आगो छ, जुनुन छ उनलाई उद्योगमा स्वागत गर्छ,’ उनी भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण