ला लिगा
एथ्लेटिक क्लबमाथि भ्यालेन्सियाको २-० को जित
आइतबार, ०५ असोज २०८२, ०४ : ०३
सारांश
- भ्यालेन्सियाले एथ्लेटिक क्लबलाई २-० ले पराजित गर्दै घरेलु मैदानमा जित हासिल गर्यो।
- भ्यालेन्सियाका लागि बाप्टिस्ट सान्तामारियाले पहिलो गोल गरे भने ह्यूगो डुरोले दोस्रो गोल थपे।
- एथ्लेटिक क्लबका डानी भिभियन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्लब कमजोर बन्यो।
काठमाडौँ । ला लिगामा भ्यालेन्सियाले एथ्लेटिक क्लबलाई २-० ले पराजित गर्दै घरेलु मैदानमा महत्वपूर्ण तीन अङ्क जोडेको छ।
भ्यालेन्सियाका लागि ७३औँ मिनेटमा बाप्टिस्ट सान्तामारियाले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए। निर्धारित ९० मिनेटको खेलपछि थपिएको इन्जुरी समयमा ह्यूगो डुरोले दोस्रो गोल गर्दै जित पक्का गरे।
खेलको ६१औँ मिनेटमा एथ्लेटिक क्लबका डानी भिभियन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। सङ्ख्यात्मक रूपमा कमजोर बनेपछि एथ्लेटिक क्लब खेलमा फर्कन सकेन।
यस जितसँगै भ्यालेन्सियाले अङ्क तालिकामा आफ्नो स्थिति सुधार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण