नारायणगढ–मुग्लिन सडक सञ्चालन अनिश्चित, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
सारांश
- नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम नरोकिएकाले सडक सञ्चालन अनिश्चित बनेको छ।
- सडक डिभिजनका अनुसार, पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीन र नारायणगढतर्फ दुई उपकरण प्रयोग गरिएको छ।
- पहिरोका कारण शुक्रबारदेखि यात्रु र सवारीसाधन अलपत्र परेका छन्, र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।
काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक पहिरो खस्ने क्रम नरोकिएकोले यो सडक सञ्चालन अनिश्चित बनेको छ । ३६ घण्टादेखि अवरुद्ध रहेको सडकखण्डको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकोले समस्या भएको हो ।
पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले जानकारी दिए । उनका अनुसार पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ ।
रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । करिब ७० मिटरमाथिबाट खसेको पहिरोका कारण एक सय ६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो ।
पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । यो सडकमा दैनिक १० हजार बढी सवारीसाधन आवतजावत हुने गर्छ । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ ।
नौबिसे–दामन–हेटौँडा र ।मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर)बाट गन्तव्यमा पुग्न सकिने सडक डिभिजनले बताएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण