रौतहटमा काउली बोकेको पिकअपबाट ३३४ किलो गाँजा बरामद
सारांश
- रौतहट प्रहरीले काउली बोकेको पिकअप भ्यानबाट ३३४ केजी गाँजा बरामद गरेको छ।
- प्रहरीले ईशनाथ नगरपालिका-८ मोतीपुरमा चेकजाँच गर्दा गाँजा फेला पारेको हो।
- गाडी चालक फरार रहेको र प्रहरीले अन्य संलग्न व्यक्तिको खोजी गरिरहेको छ।
रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।
भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका–८ मोतीपुर हुँदै सिमानातर्फ जाँदै गरेको पिकअप भ्यान प्रदेश ३–०१–०२२ च १८६१ बाट ३३४ केजी गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रामपुरका प्रमुख असई अमोद साफीको नेतृत्वमा खटिएको प्रहरी गस्ती टोलीले राति करिब ८ बजे चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताएका छन्।
मोतीपुरबाट जटहरातर्फ गइरहेको उक्त पिकअप गाडीमा माथिल्लो भागमा करिब २० पोका काउली लोड गरिएको थियो। तर तलको भाग चेक गर्दा २६ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।
गाडी चालक भने प्रहरी देख्नेबित्तिकै फरार भएका कारण प्रहरीले गाडीलाई नियन्त्रणमा लिएर चालकसहितका अन्य संलग्न व्यक्तिको खोजी कार्य तीव्र पारेको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।
हालैको जेन–जी आन्दोलनका कारण प्रहरी युनिटमा भएको जनधनको क्षतिपछि गस्तीमा कमी आउन थालेको मौका छोपी तस्करले गाँजा तस्करी पुनः सक्रिय गर्न खोजेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
-
भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दामा एक सातादेखि चलिरहेछ सुनुवाइ
-
विष्णु र शंकरको गृह–प्रदेशका अधिकांश नेता ओलीलाई बिदाई गर्ने पक्षमा
-
अभियान र नारा खाँदेर पोखराका मेयरले प्रस्तुत गरे नीति तथा कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण