स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत सम्पन्न, कुलुङखोला पुलमा मालवाहक सवारीसाधानलाई रोक
सारांश
- स्याफ्रुबेँसी-रसुवागढी सडक बाढीका कारण मर्मत गरिएको छ, तर टिमुरेभन्दा माथि पहरो कटिङ गर्न नसक्दा भोटेकोसी खोलाको नजिकबाट यातायात खुलाइएको छ।
- गोसाइँकुण्ड गाउँपालिका-३ मा रहेको पुलको जग जोखिममा परेको छ, जसका कारण मालवाहक सवारीसाधन आवतजावत रोकिएको छ।
- बाढीले मितेरी पुल बगाउँदा राजस्वमा साढे सात अर्बभन्दा बढी नोक्सान भएको छ र विद्युत् आयोजनालाई पनि क्षति पुगेको छ।
रसुवा । गत असार २४ र साउन १४ गते ल्हेन्देखोलामा आएको बाढीका कारण क्षति पुर्याएको स्याफ्रुबेँसी–रसुवागढी सडक मर्मत गरिएको छ । सडक विभागले टिमुरेको तातोपानी डाँडादेखि रसुवागढीसम्म र बाँकी रसुवागढी जलविद्युत् आयोजनाले संयुक्त रूपमा सहयोग गरेका थिए ।
टिमुरेभन्दा माथि पहरो कटिङ गर्न नसक्दा भोटेकोसी खोलाको नजिकबाट यातायात आवतजावत खुलाइएको छ । खोलामा पानीको बहाव नबढुञ्जेलसम्म मात्र हिउँद यामभरका लागि यातायात सञ्चालनमा सहज हुने जनाइएको छ ।
यसैबिच गोसाइँकुण्ड गाउँपालिका–३ स्थित कुलुङ स्थित ठाडोखोलामा रहेको पक्की पुलको पर्खालका जग जोखिम भएको छ । निरन्तरको वर्षाले कुलुङखोलामा पानीको बहाव बढ्न गई पुलको पूरै जग जोखिममा रहेको बताइएको छ । जोखिम हटाउन थालिएको गल्छी–मैलुङ–रसुवागढी राजमार्ग सुधार आयोजनाका इञ्जिनियर कुमारविक्रम पराजुलीले जानकारी दिए ।
उनले पुलबाट नियमित यात्रुबाहक बस र हल्का सवारीसाधन मात्र खुला गरी मालबाहक सवारीसाधन आवतजावत रोक लगाएको जानकारी दिए ।
गत असार २४ गते ल्हेन्दे खोलाले बगाएको नेपाल–चीन बीचको मितेरीपुल पुनःनिर्माणअन्तर्गत चिनियाँ पक्षले बेलीब्रिज जडान कार्य जारी राखेको छ । बाढीका कारण मितेरी पुल बगाउँदा भन्सारबाट साढे सात अर्ब रुपैयाँभन्दा बढी कर शुल्कबापतको राजस्व नोक्सान भइसकेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए । सडक खुला भए पनि पुल जोखिम भएका कारण बाढीग्रस्त रसुवागढी जलविद्युत् आयोजनाको बाँध पुनःनिर्माण अगाडि बढाउन अन्योल परेको छ ।
सडककै कारण बाढीले क्षति पुर्याएको विद्युत् ड्याम मर्मतका लागि रड, सिमेन्टलगायत निर्माण सामग्री र उपकरण ढुवानी गर्न नसक्दा आयोजनाले रु एक करोड २७ लाख ८७ हजार घाटा व्यहोर्नु परिरहेको रसुवागढी जलविद्युत्का प्रबन्ध निर्देशक सत्यराम ज्याख्वले बताए । भूमिगत संरचनाको आयोजना भएका कारण भित्री भाग सुरक्षित रहे पनि ड्याम क्षेत्रको बाहिरी संरचना क्षति भएको आयोजनाका प्राविधिकहरूले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण