मनसुन अझै सक्रिय भएकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध
आइतबार, ०५ असोज २०८२, १५ : १२
काठमाडौँ । यात्रा गर्नुपूर्व आवश्यक सतर्कता अपनाउन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ ।
आइतबार विभागले एक सूचना सार्वजनिक गर्दै केही समय मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले आकलन गरेकाले र वर्षाका कारण सडक अवरुद्ध भइरहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको हो ।
विभागले भनेको छ, ‘नेपालीहरूको महान चाड बडा दसैँ, तिहार र छठ जस्ता पर्वहरू नजिकिँदै गरेको र सोही अवसरमा अधिकांश यात्रुहरूले आ–आफ्नो थातथलो गन्तव्यस्थलसम्म जान इच्छुक रहेको अवस्थामा मौसम पूर्वानुमान महशाखाबाट अझ केही समय मनसुन सक्रिय रहने आकलन गरिएको र वर्षाका कारण राजमार्गका कतिपय सडकखण्डहरु अवरुद्ध भएको पाइएकोले यात्रा गर्नुपूर्व आफ्नो गन्तव्य स्थलसम्म पुग्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र आवश्यक सतर्कता अपनाउन सम्पूर्ण महानुभावहरूमा अनुरोध छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण