राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा गर्दैन : मुख्यमन्त्री आचार्य
बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेनजी आन्दोलनका क्रममा दाङ जिल्लामा आगजनीबाट प्रभावित कार्यालयहरूको अनुगमन गरेका छन् ।
आइतबार दाङको तुलसीपुर उपमहानगरपालिका उच्च अदालतदेखि आगजनीमा परेका सबै सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालयमा पुगेर अनुगमन गर्दै मुख्यमन्त्री आचार्यले टेन्ट टाँगेर भएपनि सेवा प्रवाहलाई अगाडि बढाइने बताए ।
उनले कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन अनुगमन सुरु गरेको जानकारी दिए । मुख्यमन्त्री आचार्यले राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा नहुने बताए ।
उनले सबै कार्यालयहरूमा पुगेर कर्मचारीहरूको मनोबल उठाउने र सेवाग्राहीलाई कसरी सेवा पुर्याउन सकिन्छ भन्ने छलफललाई पनि केन्द्रित गरेर अघि बढिरहेको बताए ।
जेनजीको नाममा घुसपैठ गरेर सरकारी सम्पत्तिको विनाश मच्चाउने काम भएको भन्दै निन्दा पनि गरे । अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरोकारवाला पक्ष लगायतको उपस्थिति थियो ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १३२ सरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट भएको थियो ।
आन्दोलनका क्रममा ६७ निजी सम्पत्तिमा तोडफोड, ५२ राजनीतिक दलका पार्टी कार्यालय र १४ वटा प्रहरी इकाइमा आगजनी तथा तोडफोड भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
आन्दोलनका क्रममा लुम्बिनी प्रदेश अन्तर्गत सबैभन्दा बढी क्षति दाङ जिल्लामा भएको छ । जसमा ७० वटा संरचनामा तोडफोड र आगजनी गरिएको विवरण प्रहरीले सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण