१८ औँ अधिवेशनका कामकारबाही सार्वजनिक गर्न दाहालको निर्देशन
सारांश
- राष्ट्रियसभाका अध्यक्ष दाहालले १८ औँ अधिवेशन समापनका कामकारबाही सार्वजनिक गर्न निर्देशन दिए।
- सङ्घीय संसद् सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो निर्णय भएको हो।
- बैठकमा समसामयिक अवस्थामा राष्ट्रिय सभाको भूमिकाबारे छलफल भयो।
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले १८ अौँ अधिवेशन समापनका सन्दर्भमा नियमित बैठक बस्न नसकेको हुँदा सो अधिवेशनमा भए गरेका कामकारबाही सार्वजनिक गर्न निर्देशन दिएका छन् ।
आइतबार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अध्यक्ष दाहालले भए गरेका कामकारबाही सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
अध्यक्ष दाहालको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष विमला घिमिरे, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरू, राष्ट्रियसभा सचिवलगायतको सहभागिता थियो ।
बैठकमा समसामयिक अवस्थामा राष्ट्रिय सभाको भूमिकाका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जानकारी दिएको छ ।
त्यस्तै, गत जेठ ११ र १२ गते सातवटै प्रदेशमा सम्पन्न ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयक निर्वाचक मण्डलहरूसँगको समन्वय बैठक र अन्तरक्रिया कार्यक्रमको एकीकृत प्रतिवेदन आवश्यक परिमार्जनसहित टुङ्ग्याएर सार्वजनिक गर्ने निर्णय भएको दाहालको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण