एउटा व्यक्ति कति पटक कुन पदमा रहन पाउने भन्ने स्पष्ट नीति पार्टीले बनाउनुपर्छ : शर्मा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले पार्टीभित्र नेतृत्वको अवधि र पद धारण गर्ने स्पष्ट नीति बनाउनुपर्ने प्रस्ताव आज बसेको पदाधिकारी बैठकमा पेस गरेका छन्।
जेनजी आन्दोलनपछिको परिस्थितिबारे आत्ममूल्यांकन गर्दै शर्माले पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र नयाँ पुस्ताको भूमिका सुनिश्चित गर्ने विस्तृत दस्ताबेज प्रस्तुत गरेका हुन्।
शर्माले भनेका छन्,'जेनजी आन्दोलनले भ्रष्ट राजनीति, नेतातन्त्र, दलालीतन्त्र र कमिसनतन्त्रलाई मात्र होइन, परिवारवाद र वैभवशाली जीवनशैलीलाई समेत कठोर प्रहार गरेको छ। यसमा हामी स्वयं जिम्मेवार छौँ, त्यसैले आत्मआलोचना गर्दै जनतामाझ पश्चाताप गर्नुपर्छ।’
उनले आन्दोलनले समस्या मात्रै नभई समाधानको बाटो पनि खोलिदिएको भन्दै अब पार्टीको सोच, व्यवहार, नीति, संरचना र नेतृत्व प्रणाली आमूल परिवर्तन नगरी अघि बढ्न नसक्ने औँल्याए। ’पार्टी पुनर्गठन गर्दा नयाँ पुस्ताको बाहुल्यता र नेतृत्व सुनिश्चित हुनुपर्छ,’ शर्माले जोड दिए।
शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सबै पदाधिकारीले राजीनामा दिँदै महाधिवेशनसम्म वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई कार्यभार दिनुपर्ने र त्यसपछि नयाँ पुस्ताको नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने प्रस्ताव समेत राखेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण