बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कृषि मन्त्रालयको जिम्मेवारी परियारलाई

आइतबार, ०५ असोज २०८२, २१ : ५७
आइतबार, ०५ असोज २०८२

काठमाडौँ । कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी मदन परियारलाई दिइएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले परियारलाई कृषिमन्त्रीमा नियुक्त गरेका हुन् ।

परियार तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक हुन् । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले परियारलाई कृषि मन्त्री बन्नका लागि प्रस्ताव गरेकी थिइन् । यससँगै प्रधानमन्त्री कार्कीकाे नेतृत्वमा ९ सदस्यीय मन्त्रिपरिषद् बनेकाे छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप