नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
सारांश
- नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ।
- राति आवागमन रोक्न प्रशासनले सूचना जारी गरेपछि साँझ फेरि पहिरो खसेको हो।
- सडकमा फसेका यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा आज साँझ पुनःपहिरो खसेर अवरुद्ध भएको छ । दिउँसो ४ बजे एकतर्फि सञ्चालनमा आएको सडक साँझ ८ बजे पुन पहिरो खसेपछि अवरुद्ध भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्री शर्माका अनुसार साँझ ८ बजेपछि निरन्तर पहिरो खसिरहेकाले पन्छाउन सकिएको छैन । रातको समयमा जोखिम हुने भएकाले अहिले ९ बजेबाट बिहान ५ बजेसम्म आवागमन रोक्नका लागि प्रशासनले सूचना जारी गरेको थियो । त्यसअघि नै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
शुक्रबार साँझ इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खसेको थियो । सोही स्थानमा पुनः पहिरो खसेको हो । यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत हुने गर्दछन् ।
अब यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटोको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । दुई दिनदेखि सडकमा अलपत्र परेका केही यात्रु गन्तव्यमा गए पनि पहिरो खसेपछि अन्य त्यही रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण