दसैँघरमा जमरा राखियो, तस्बिरहरू
सारांश
- काठमाडौँको हनुमानढोका दसैँघरमा घटस्थापनाको अवसरमा जमरा राखियो।
- शुभ साइत ९:१३ बजे जमरा राखिएको थियो, नेपाली सेनाको ब्यान्डले मंगल धुन बजायो।
- घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा छ, दुर्गाका विभिन्न रूपको पूजा गरिन्छ।
काठमाडौँ । सोमबारबाट सुरु भएको नवरात्रको पहिलो दिन, घटस्थापनाको अवसरमा आज काठमाडौँको हनुमानढोकास्थित दसैँघरमा विधिवत् रूपमा जमरा राखिएको छ।
_UKHh4rkjqH.jpg)
शुभ साइत ९ः१३ बजे जमरा राखिएको थियो। यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मङ्गल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढाइँ पनि गरिएको थियो।
_KCSZ8MO0db.jpg)
दसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा रहेको छ। सोमबार बिहानै नित्यकर्म सकेर नजिकको नदी वा चोखो ठाउँबाट ल्याइएको बालुवा वा माटोलाई गाईको गोबरले लिपपोत गरिएको कोठा वा दसैँघरमा राखेर जमरा छर्ने गरिन्छ।
_dj6HF72yKO.jpg)
घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा दीप, कलश र गणेशको स्थापना गरी शक्तिस्वरूपा दुर्गाको आह्वान गरी पूजा गरिन्छ। नवरात्रीभर दुर्गाका तीन रूपहरू - महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने प्रचलन छ।
नवरात्रको नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको पूजाअर्चना गरिन्छ।
_ahHTpXEMOr.jpg)
_Z6NOelRwzl.jpg)
_AX7m3jEM49.jpg)
_Ecx2NWn5IC.jpg)
_3NZBsB0cBD.jpg)
_LtKVR6QlhB.jpg)
तस्बिर: अनुप प्रधान/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण