प्रहरी वृत्त कालिमाटीमा आगजनी गरेको आरोपमा गोल्डेन खडका पक्राउ
सारांश
- कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा सचिन खडका पक्राउ परेका छन्।
- खडकाले भदौ २४ मा भएको प्रदर्शनमा आगजनीको नेतृत्व गरेको आरोप छ, र उनी खुसी मनाइरहेको भिडियो भेटिएको छ।
- खडकाले वडा कार्यालयमा पनि आगजनी गरेको आरोप लागेको छ र उनीमाथि अनुसन्धान भइरहेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–१३ घर भएका सचिन खडका उर्फ गोल्डेन छन् ।
३८ वर्षीय खडकाले भदौ २४ मा भएको प्रदर्शनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने समूहको नेतृत्व गरेको आरोप छ । प्रदर्शनको समयमा आगजनी गरेपछि उनी थ्रिनट थ्री राइफल, खुँडा र खुकुरीसहित कालिमाटी प्रहरी वृत्त अघिल्तिर खुसी मनाइरहेको भिडियो सामाजिक सञ्जालमा भेटिन्छ ।
खडका आफ्नो घर रहेको काठमाडौँ– १३ को वडा कार्यालय पनि आगजनी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सोल्टिमोडस्थित वडा कार्यालय आगजनी गर्ने समूहको नेतृत्व पनि उनले नै गरेको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।
_QqjFXQBizT.jpg)
उनीविरुद्ध आपराधिक उपद्रव गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
आगजनी र लुटमा संलग्न आरोपीहरूलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरी वृत्त कमलपोखरीभन्दा बाहेकका मुद्दा चल्ने युनिटहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आगजनीका कारण काठमाडौँ प्रहरीका युनिटहरूमा थुनुवा राख्ने र कार्यालय सञ्चालन गर्ने अवस्था छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशनमा गण्डकीबाट ४७७ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
-
रास्वपाको महाधिवेशनमा सुदूरपश्चिमबाट ५५० प्रतिनिधि सहभागी (सूचीसहित)
-
प्रवासबाट १६३ प्रतिनिधि सहभागी हुँदैछन् रास्वपाको महाधिवेशनमा (सूचीसहित)
-
कोशी प्रदेशबाट रास्वपा महाधिवेशशनमा ३९३ प्रतिनिधि (सूचीसहित)
-
कर्णाली प्रदेशमा रास्वपाका ३४३ प्रतिनिधि (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण