बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

वीरगञ्ज भन्सारबाट साउन र भदौमा एक खर्ब ४६ अर्बको आयात, १७ अर्बको निर्यात

सोमबार, ०६ असोज २०८२, १२ : १५
सोमबार, ०६ असोज २०८२

सारांश

  • चालु आर्थिक वर्षको दुई महिनामा वीरगञ्ज नाकाबाट १ खर्ब ४६ अर्बको सामान आयात भएको छ।
  • गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष आयात २० प्रतिशतले बढेको छ।
  • निर्यातमा पनि वृद्धि भएको छ, गत वर्षको तुलनामा यो वर्ष १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको छ।

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको दुई महिनामा एक खर्ब ४६ अर्ब ६४ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षमा यो नाका हुँदै २० प्रतिशत बढी समान भित्रिएका हुन् । 

जबकी गत आवको दुई महिनाको अवधिमा भने एक खर्ब २२ अर्ब ३२ करोड मूल्य पर्ने वस्तु तथा सामान भित्रिएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले गत आवको दुई महिनाको तुलनामा चालु आवमा आयात र निर्यात दूवैमा वुद्धि भएको जानकारी दिए ।

‘गत आवको दुई महिनाको तुलनामा चालु आवमा २४ अर्ब ३२ करोड बढी सामान भित्रिएका छन्,’ उनले भने, ‘आयात मात्रै होइन् राजस्व सङ्कलनमा पनि वृद्धि भएको छ ।’

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको दुई महिनामा यो नाका हुँदै हुने निर्यातमा पनि उल्लेखनीय सुधार भएको छ । 

गत आवको दुई महिनामा छ अर्ब पाँच करोड मूल्यको सामान विदेशीमूलक निर्यात भएको थियो । तर, चालु आवको दुई महिनामा यो नाका हुँदै रु १७ अर्ब तीन करोड मूल्य बराबरको सामान निर्यात भएको छ ।

गत आवको दुई महिनाको तुलनामा चालु आवमा १० अर्ब ९८ करोड बढीको सामान निर्यात भएको देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप