मोबाइल नेटवर्क बन्द भएका बेला कयौँको मृत्यु भएपछि अस्ट्रेलियामा आक्रोश
सारांश
- अस्ट्रेलियामा अप्टसको नेटवर्कमा समस्याका कारण आकस्मिक सेवामा फोन नलाग्दा कयौंको मृत्यु भएको घटनाले आक्रोश निम्त्याएको छ।
- अप्टसको नेटवर्कमा समस्या आएपछि १३ घण्टासम्म आकस्मिक सेवा अवरुद्ध भएको थियो, जसका कारण मानिसहरूले फोन गर्न सकेनन्।
- कम्पनीका सीईओले माफी मागेका छन् र सञ्चार नियामक निकायले घटनाको छानबिन गरिरहेको छ।
क्यानबेरा । मोबाइल नेटवर्क बन्द भएकै बेला कयौँको मृत्यु भएको घटना बाहिरिएपछि अस्ट्रेलियामा यतिबेला सर्वसाधारणले चर्को आक्रोश पोखिरहेका छन् । दूरसञ्चार कम्पनी अप्टसको नेटवर्कमा समस्याकै कारण आकस्मिक नम्बरमा फोन नलागेको र कयौँको मृत्यु भएको घटना सार्वजनिक भएपछि अस्ट्रेलियालीहरू रुष्ट बनेका हुन् ।
अप्टसले यसको ठुलो परिणाम भोग्ने वाचा अधिकारीहरूले गरेका छन् । गत हप्ता अप्टसको नेटवर्कमा समस्या भएपछि देशको आधाभन्दा धेरै क्षेत्रमा १३ घण्टासम्म मानिसहरूले आकस्मिक सेवामा समेत फोन गर्न सकेनन् । अस्ट्रेलियाको मुख्य मोबाइल सेवा प्रदायक मध्ये एक अप्टस हो ।
कम्पनीका सीईओले सर्वसाधारणसँग माफी समेत मागेको थियो । सो मामिलालाई ढिलो गरेर ह्यान्डल गरेको भन्दै कम्पनीको कटु आलोचना भएको छ । कम्पनीको नेटवर्कमा यस्तो समस्या देखिएको दुई वर्षमा यो पहिलो पटक हो ।
यस मामिलामाथि अस्ट्रेलियाको सञ्चार नियामक निकायले छानबिन गरिरहेको छ । गत बिहीबार कम्पनीको नेटवर्कमा समस्या देखिँदा दक्षिण अस्ट्रेलिया, पश्चिम अस्ट्रेलिया र उत्तरी क्षेत्रबाट आकस्मिक नम्बरमा ६ सय वटाभन्दा धेरै फोन कल गर्न नसकिएको जनाइएको छ ।
दक्षिण–पश्चिम न्यु साउथ वेल्सबाट त्रिपल जिरोमा गरिएको कम्तीमा दुई वटा फोन पनि नलागेको सर्वसाधारणको गुनासो थियो । सो समस्याबारे सर्वसाधारणलाई जानकारी गराउन अप्टसले ४० घण्टा कुर्यो ।
समस्या समाधान नहुँदा सम्म नियामकहरूलाई यसबारे जानकारी समेत दिइएन । अप्टसका अधिकारीले शुक्रबार नेटवर्क अपग्रेड गर्ने क्रममा प्राविधिक त्रुटिका कारण समस्या देखिएको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण