गोडरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना – 'मनैदेखि WOW!'
सारांश
- गोडरेजले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी 'मनैदेखि WOW!' योजना सार्वजनिक गरेको छ।
- यस योजना अन्तर्गत उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक, र सहज सुविधाहरू पाउनेछन्।
- यसमा साइड बाई साइड फ्रिज खरिदमा वाटर डिस्पेन्सर र वाशिङ मेसिन खरिदमा एरियल पाउनेछन्।
काठमाडौँ । नेपालका उपभोक्तालाई लक्षित गर्दै गोडरेज एप्लायन्सेसले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई विशेष बनाउन नयाँ उत्सव योजना “मनैदेखि WOW!” सार्वजनिक गरेको छ।
यस विशेष स्किम अन्तर्गत गोडरेजका विभिन्न अत्याधुनिक उत्पादनहरू – साइड बाई साइड रिफ्रिजरेटर, वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डीप फ्रीजर र एयर कूलर – खरिद गर्ने प्रत्येक उपभोक्ताले आकर्षक उपहार, क्यासब्याक र सहज सुविधा पाउनेछन्।
यस अफरमा उपलब्ध प्रमुख सुविधा र उपहारहरू:
• साइड बाई साइड रिफ्रिजरेटर खरिदमा Water Dispenser
• फ्रन्ट लोड वाशिङ मेसिन खरिदमा Ariel 6kg
• टप/ट्विन टब वाशिङ मेसिन खरिदमा Ariel 3kg
• एयर कन्डिसनर खरिदमा Free Installation
यसका अतिरिक्त, उपभोक्ताले रु. ३१,५००/- सम्मको क्यासब्याक, Free Delivery, तथा सजिलो Exchange र EMI सुविधा पनि पाउनेछन्।
गोडरेज एप्लायन्सेसले सधैंजसो उपभोक्ताका आवश्यकता र चाडपर्वको महत्वलाई ध्यानमा राख्दै आफ्ना अफरहरू प्रस्तुत गर्ने गरेको छ। यसपटकको “मनैदेखि WOW!” स्किम उपभोक्तालाई दसैँ, तिहार र छठ पर्वमा परिवारसँग खुसी बाँड्न, घरलाई नयाँ आधुनिक उपकरणले सजाउन र थप सुविधा उपभोग गर्न प्रेरित गर्ने उद्देश्यले ल्याइएको हो।
गोडरेज इन्टरप्राइजेज ग्रुप अन्तर्गतको गोडरेज एन्ड बोइसको एप्लायन्सेस व्यवसाय भारतकै अग्रणी होम एप्लायन्सेस ब्रान्ड हो। सन् १९५८ मा फ्रिज उत्पादन गर्ने पहिलो भारतीय कम्पनीका रूपमा सुरु भएको यस ब्रान्डले आज वाशिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ, डीप फ्रीजर, एयर कूलरलगायतका उत्पादनहरू प्रस्तुत गर्दै आएको छ। ‘Things Made Thoughtfully’ भन्ने दर्शनअनुसार गोडरेजले नवीनतम प्रविधि, उपयोगी डिजाइन र वातावरणमैत्री उत्पादनहरू बजारमा ल्याउँदै आएको छ।
चौधरी ग्रुप नेपालकै सबैभन्दा ठुलो र बहुआयामिक व्यापारिक समूहमध्ये एक हो, जसको सहायक कम्पनी CG Electronics ले नेपालमा गोडरेजका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला मिस : आमा र बालकबिचको भावनात्मक कथा
-
एम्बोलो रातो कार्डमा बाहिरिए, १० खेलाडीमा सीमित स्विट्जरल्यान्ड
-
स्विट्जरल्यान्डले फर्कायो बराबरी गोल, अर्जेन्टिनालाई झट्का
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण