बागमती नदीमा बेपत्ता किशोरको शव फेला
मङ्गलबार, ०७ असोज २०८२, १६ : १३
सारांश
- रौतहटको वृन्दावन नगरपालिकामा १३ वर्षीय बालकको शव घटनाको झण्डै ३० घण्टापछि फेला पर्यो।
- सोमबार बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव मंगलबार फेला परेको हो।
- मृतक बालक प्रहरी गजेन्द्र यादवका छोरा हुन्।
रौतहट । रौतहटको वृन्दावन नगरपालिका–३ विश्रामपुरका १३ वर्षीय रोशन यादवको शव घटनाको झण्डै ३० घण्टापछि फेला परेको छ। सोमबार बिहान घटस्थापनाको अवसरमा दुर्गा पूजाको कलश शोभा यात्रामा सहभागी हुने क्रममा बागमती नदीमा नुहाउँदा यादव बेपत्ता भएका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर, सशस्त्र प्रहरी बल समनपुर क्याम्पका सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाले लगातार खोजी कार्य गरेका थिए। मंगलबार दिउँसो समनपुर पुलदेखि करिब एक किलोमिटर दक्षिणतर्फ उनको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यले जानकारी दिएका छन्।
मृतक यादव इलाका प्रहरी कार्यालय गरुडामा कार्यरत प्रहरी गजेन्द्र यादवका छोरा हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण