जेनजी आन्दोलनमा सबैभन्दा बढी रास्वपाको सहभागिता थियो : प्रवक्ता झा
सारांश
- रास्वपाका प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा पार्टीको सहभागिता रहेको बताए।
- पार्टीले झन्डा नबोक्न र सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो।
- उनले भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागिता रहेको र २४ गतेको घटनामा सहभागी नभएको बताए।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जेनजी आन्दोलनमा आफ्नो पार्टीको सहभागिता रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको झन्डा नबोकी सदस्यहरूलाई आन्दोलनमा सहभागी हुन आह्वान गरिएको जानकारी दिए। उनले पूर्वकेन्द्रीय सदस्य सुमन श्रेष्ठ, केन्द्रीय सदस्यहरू गणेश कार्की, कान्तिशिखा लगायतको आन्दोलनमा सक्रिय भूमिका रहेको दाबी गरे। तुलनात्मक रूपमा जेनजी आन्दोलनमा सबैभन्दा बढी रास्वपाका कार्यकर्ताहरू सहभागी भएको उनको भनाइ छ।
झाले भने, ‘हाम्रो पार्टीमा जेनजी अहिले पनि छन्। हाम्रो प्रतिनिधि सभाको सचेतक नै जेनजी पुस्ताबाट छ। उनीहरू पनि गएका थिए। त्यो बेला केन्द्रीय सदस्य रहेकी सुमनाजी पनि गएकी थिइन्। गणेश कार्की, कान्तिशिखालगायतका केन्द्रीय सदस्यहरू, सम्भवतः अरू पार्टीको तुलनामा संख्यागत र प्रतिशतगत रूपमा हामी सबैभन्दा बढी उपस्थित थियौँ, त्यहाँ। तर, हामीले कुनै पनि ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन हो, अगुवाइ हो भनेर दाबी गरेका थिएनौँ।’
उनले भदौ २३ गतेको आन्दोलनमा पार्टीको सहभागिता रहे पनि २४ गतेको घटनामा भने सहभागी नभएको दाबी गरे। २४ गतेको घटनामा सहभागी हुन पार्टीले कुनै आह्वान नगरेको र आगजनी तथा लुटपाट पार्टीको सिद्धान्त नभएको उनले बताए। उनले उक्त घटनाको छानबिन गर्नुपर्नेमा जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण