कानुन नागरिकले बुझ्ने गरी स्पष्ट भाषामा लेखिनेछ : मन्त्री सिन्हा
काठमाडौँ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पदभार ग्रहण गरेका छन् ।
मङ्गलबार दिउँसो सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहण गर्दै कानुन निर्माण प्रक्रिया सहज बनाउँदै नागरिक बुझ्नेगरी स्पष्ट भाषामा लेख्ने निर्णय गरे ।
उनले जेनजी पुस्ताको मागअनुसार मुलुकमा भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नको लागि कानुनहरूमा आवश्यक संशोधन गरिने बताए । उनले समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने कानुन निर्माण र सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले भने,‘जेनजी पुस्ताले उठाएको मुख्य विषयवस्तु नै सुशासन, भ्रष्टाचारमुक्त राष्ट्र र मुलुकमै काम गर्ने अवसर हो । अहिले जुनजुन तहबाट प्रश्न उठेका छन् ती सबै विषयहरूलाई क्रमशः सम्बोधन गर्दै लैजानुपर्ने विषयवस्तुहरू हुन् । हामी सबैले प्रष्ट रुपमा बुझ्नुपर्छ यो चुनावी सरकार नै हो । हामीले जसरी पनि तोकिएको समयमा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने अवस्था छ । त्यसका लागि आवश्यक पर्ने केही कानुनी विषयहरू छन् । ती विषयहरूमा केही संशोधन गर्नुपर्ने अवस्था छ । त्यसकारण निर्वाचन गराउनको लागि अध्यादेशमार्फत भएपनि आवश्यक पर्ने कानुनहरू संशोधन गर्छौँ । पहिलो निर्णयका रूपमा कानुन निर्माण गर्ने प्रक्रिया, शैली, भाषाको सुधार गरेर नागरिकले स्पष्टसँग बुझ्ने बनाउने पहिलो निर्णय पनि गरेका छौँ ।’
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण