शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: रविबारे रास्वपाको प्रष्टीकरणदेखि कांग्रेसमा विशेष महाधिवेशन मागसम्म

बुधबार, ०८ असोज २०८२, ०० : ००
बुधबार, ०८ असोज २०८२

सारांश

  • रास्वपाले रवि लामिछानेको रिहाइबारे प्रष्टीकरण दिएको छ भने कांग्रेसले विशेष महाधिवेशनको माग गरेको छ।
  • भुटानी शरणार्थी प्रकरणका टोपबहादुर रायमाझीलाई डिल्लीबजार कारागारमा सारिएको छ, र जेनजी आन्दोलनले पर्यटन र अर्थतन्त्रमा असर पारेको छ।
  • शिक्षा मन्त्रीले निर्देशन जारी गरेका छन् भने दुर्गा प्रसाईंले छठपछि हिन्दु राष्ट्र पुनर्स्थापनाको लागि आन्दोलन गर्ने घोषणा गरेका छन्।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. रविबारे रास्वपाको प्रष्टीकरण 

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने भदौ २४ गते नख्खु कारागारबाट निस्किएको विषयमा प्रष्टीकरण दिएको छ । 

२. कांग्रेसमा विशेष महाधिवेशन माग

नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल २०८२ मंसिरमा सकिँदै छ । 

३. टोपबहादुर रायमाझी डिल्लीबजार कारागारमा स्थानान्तरण

भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीलाई डिल्लीबजार कारागारमा स्थानान्तरण गरिएको छ । कारागार व्यवस्थापन विभागले उनलाई सुन्धाराबाट डिल्लीबजार कारागारमा स्थानान्तरण गरेको हो ।

४. फागुन २१ को डेडलाइन

जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारको प्रमुख दायित्व भनेकै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नु हो । त्यसबाहेक आन्दोलनको मर्म र भावनाअनुसार सुशासन कायम गर्ने प्रयास पनि यो सरकारको दायित्वभित्रै पर्छ ।

५ .जेनजी आन्दोलनपछि घट्यो पर्यटक आगमन

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पुर्‍याएको छ । आन्दोलनपछि दिनचर्या करिब सामान्य अवस्थामा फर्किसकेको भए पनि पर्यटकहरूमा त्रास कायमै देखिन्छ ।  

६. अर्थतन्त्रमा झड्का 

जेनजी आन्दोलनले सरकार मात्रै ढालेन, देशको अर्थतन्त्रमै भयंकर संकट ल्याइदिएको छ । 

मानवीय क्षतिबाहेक आगजनी र तोडफोडबाट २ खर्ब ४० अर्ब रुपैयाँसम्मको क्षतिसहित निजी तथा सरकारी सम्पत्तिमा ठुलो नोक्सानी भएको छ । यस्तो अवस्थामा लगानीकर्ताको मनोबल खस्कँदो छ, साथै अर्थतन्त्रलाई कसरी पुनर्जीवित गराउने भन्ने पनि गम्भीर प्रश्न उठेको छ ।

७. रविका फाइल आन्दोलनकारीको निसानामा

जेनजी आन्दोलनका क्रममा कास्की जिल्ला अदालतमा पनि आगजनी भयो । आगजनीबाट क्षतिग्रस्त भएपछि अहिले अदालतबाट सेवा दिनै नसक्ने अवस्था छ । अदालतका लगभग सबै भवन जलेका छन् ।

८. शिक्षामन्त्रीको निर्देशन

शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कर्मचारीहरूलाई विभिन्न निर्देशन दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत तीन बुँदे निर्देशन दिइएको जानकारी गराए । 

९.पदभार ग्रहण

नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले आज पदभार ग्रहण गरेका छन् । सरकारले हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेको हो । 

१०. छठपछि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दुर्गा प्रसाईँले आन्दोलन गर्ने 

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् ।

११. सरकारी प्रयास विफल:

पर्सा जिल्लामा गत शनिबारदेखि झाडापखाला तथा शङ्कास्पद हैजाका बिरामीहरू फेरि बढ्न थालेका छन् ।
आइतबार जिल्लाका विभिन्न अस्पतालमा झाडापखालाका २७ बिरामीले उपचार गराएका थिए भने सोमबार यो सङ्ख्या २८ पुगेको छ । गत तीन दिनयता करिब एक सय जनाभन्दा बढी झाडापखाला तथा शङ्कास्पद हैजाका बिरामीहरू अस्पतालमा भर्ना भएका छन् ।

१२.  एन्फा महासचिव किरण राईसँग अन्तर्वार्ता

एन्फा महासचिव किरण राईले संस्थामा आफूले भ्रष्टाचार नगरेको दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप