सरकारी प्रयास विफल : पर्सामा रोकिएन झाडापखाला र हैजा सङ्क्रमण
सारांश
- पर्सा जिल्लामा झाडापखाला र शङ्कास्पद हैजाका बिरामी फेरि बढ्न थालेका छन्।
- जनस्वास्थ्य कार्यालयका अनुसार खानेपानीमा औषधिको प्रयोग नहुँदा समस्या बल्झिएको हो।
- जनचेतनाको कमी र पानीमा क्लोरिनको प्रयोग नगर्दा हैजाका बिरामी बढेका छन्।
वीरगन्ज । पर्सा जिल्लामा गत शनिबारदेखि झाडापखाला तथा शङ्कास्पद हैजाका बिरामीहरू फेरि बढ्न थालेका छन् ।
आइतबार जिल्लाका विभिन्न अस्पतालमा झाडापखालाका २७ बिरामीले उपचार गराएका थिए भने सोमबार यो सङ्ख्या २८ पुगेको छ । गत तीन दिनयता करिब एक सय जनाभन्दा बढी झाडापखाला तथा शङ्कास्पद हैजाका बिरामीहरू अस्पतालमा भर्ना भएका छन् ।
शनिबारयता झाडापखाला तथा शङ्कास्पद हैजाका ८८ वटा नयाँ केस फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार शनिबार २७, आइतबार ३३ र सोमबार २८ वटा झाडापखाला तथा शङ्कास्पद हैजाका केस फेला परेका हुन् ।
अहिले फेरि दिनहुँ झाडापखालाका नयाँ केसहरू आउन थालेका छन् । जसकारण शनिबारदेखि भने यो ग्राफ पुनः रेडजोनतर्फ बढ्न थालेको छ । सरकारी तथ्यांकअनुसार सोमबारसम्म जिल्लाभर कुल १५१२ केस दर्ता भएका छन् । जसमध्ये १४७९ जना उपचारपछि निको भएर घर फर्किसकेका जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
३३ जना बिरामीहरू अझै विभिन्न अस्पतालमा उपचाररत रहेका कार्यालयले जनाएको छ ।
यसैगरी झाडापखाला तथा हैजा फेला परेको एक महिनाको अवधिमा जिल्लाभर २४० जनामा हैजा पुष्टि भएको छ, जसबाट २३६ जना निको भएर घर फर्किसकेका छन् । हैजा पुष्टि भएका ४ जना बिरामी मात्रै अहिलेसम्म अस्पतालमा उपचाररत छन् ।
किन पुनः फेला पर्न थाल्यो ?
जिल्लामा हैजाको ‘हटस्पट’ क्षेत्र वीरगन्ज महानगरपालिकाको वडा नम्बर–१५ लाई निर्धारण गरिएको छ । भदौ ६ गते पहिलोपटक यही वडाबाट हैजाका बिरामीहरू फेला परेका थिए ।
जिल्ला जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार खानेपानीमा औषधिको प्रयोग नगर्नाले फेरि हैजाका शङ्कास्पद बिरामीहरू फेला पर्न थालेका हुन् । अर्थात् मुख्यतः खानेपानीमा औषधिको प्रयोग नगर्दा समस्या बल्झिँदै गएको हो ।
त्यसपछि लगातार वडा नम्बर १२ बाट नै बिरामीहरू फेला पर्न थालेपछि जिल्लाको ‘हटस्पट’ क्षेत्र निर्धारण गरिएको हो । त्यसपछि सरकारी निकायले हैजा नियन्त्रणका लागि यी क्षेत्रमा विशेष रणनीतिहरू बनाएको थियो । फलस्वरूप जिल्लाभर हैजाका बिरामीहरूको सङ्ख्या घटेको मात्रै होइन, निको भएर धेरै जना घर पनि फर्किएका थिए ।
जिल्लाभरका सरकारी निकायको लगातारको पहलले झाडापखाला तथा हैजाका बिरामीहरू नियन्त्रणमा आउन थालेका थिए । तर यही दौरान जेनजीको आन्दोलन सुरु भयो । जनस्वास्थ्यका अनुसार त्यसपछि सरकारी निकायका प्रतिनिधिहरू त्यसबिच कतै पनि निस्कन सकेनन्, जसकारण हटस्पटमा लापरबाही बढ्दै गयो । यी क्षेत्रमा भएको लापरबाहीका कारण झाडापखालाका बिरामीहरू निको हुनुको सट्टा पुनः सङ्क्रमित भएर अस्पताल भर्ना हुन थालेका जनस्वास्थ्य कार्यालयको विश्लेषण छ ।
जिल्ला जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार खानेपानीमा औषधिको प्रयोग नगर्नाले फेरि हैजाका शङ्कास्पद बिरामीहरू फेला पर्न थालेका हुन् । अर्थात् मुख्यतः खानेपानीमा औषधिको प्रयोग नगर्दा समस्या बल्झिँदै गएको हो ।
किन औषधिको प्रयोग भइरहेको छैन ?
आजभन्दा ठीक एक महिनाअगाडि अर्थात् भदौ ६ गते वीरगन्जमा लामो समयपश्चात् हैजाका बिरामीहरू फेला परे । यहाँको तराई अस्पतालमा धेरै सङ्ख्यामा झाडापखालाका बिरामीहरू एक्कासि भर्ना भएपछि गरिएको परीक्षणमा हैजाको महामारी फैलिएको पुष्टि भयो ।
जिल्लामा पानीको हाहाकार हुँदा गाडिएका डिप बोरिङको पानी पिउनाले हैजा फैलिएको आशङ्का गरिएको छ । तथापि, सरकारी निकायले कहाँबाट हैजा फैलियो भन्ने परीक्षण रिपोर्ट अहिलेसम्म सार्वजनिक गर्न सकेका छैनन् ।
यसरी हैजा फैलिसकेपछि सङ्घीय सरकार, प्रदेश र स्थानीय सरकारले देखाएको सक्रियताले केही सातामै नियन्त्रणमा आएको थियो ।
त्यसबखत तीनै तहको सरकारको मद्दतमा घरमा जनचेतना जगाउनुका साथै पानीमा पीयूष झोलको प्रयोगपछि मात्रै पानी खान भनिएको थियो, खुवाइयो पनि । जसकारण हैजा नियन्त्रणमा आयो ।
जनचेतनाको कमीले पीयूषको प्रयोग गर्न छाडेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले सोहीबमोजिम नीति बनाएर अगाडि बढ्ने रणनीति लिएको छ । अब खानेपानीमा क्लोरिनको प्रयोग गर्न जनचेतना जगाउन मंगलबारदेखि नै धार्मिक गुरुहरूलाई परिचालन गर्ने तयारी गरेको छ ।
तर त्यसपछि सरकारी कर्मचारीले पहिलाको जति प्रयास नगरे पनि अझै पनि सबै घर–घरमा गएर क्लोरिनको प्रयोगपछि मात्रै पानी पिउन भनिरहेका छन् । तर कसैले पनि पानीमा पीयूष झोलको प्रयोग नगर्दा पुनः हटस्पट मानिएको वडा नम्बर–१२ बाट बढी केस आउन थालेको छ ।
सन्तान नहुने डरले सर्वसाधारणले डिप बोरिङको पानीमा पीयूषको प्रयोग नगरी सेवन गरिरहेको जनाइएको छ । त्यसरी क्लोरिनको प्रयोग नगर्नाले मूलतः हैजाका बिरामीहरू देखिन थालेको सरकारी आकलन छ ।
जनचेतनाको कमीले पीयूषको प्रयोग गर्न छाडेपछि जिल्ला जनस्वास्थ्य कार्यालयले सोहीबमोजिम नीति बनाएर अगाडि बढ्ने रणनीति लिएको छ । अब खानेपानीमा क्लोरिनको प्रयोग गर्न जनचेतना जगाउन मंगलबारदेखि नै धार्मिक गुरुहरूलाई परिचालन गर्ने तयारी गरेको छ ।
धार्मिक गुरुहरूलाई आग्रह गरेर नै पानीमा क्लोरिनको प्रयोग गर्न लगाइने निर्णय भइसकेको जनस्वास्थ्यले जनाएको छ ।
पानीको हाहाकारका बेला गाडिएका डिप बोरिङ तथा खानेपानी संस्थानको पानीबाट हैजा फैलिएको चिकित्सकहरूले बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण