पत्रकार सम्मेलन
छठपछि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि दुर्गा प्रसाईँले आन्दोलन गर्ने
मङ्गलबार, ०७ असोज २०८२, १४ : ३०
२
सारांश
- दुर्गा प्रसाईंले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलनको घोषणा गरे।
- उनले छठलगत्तै अन्तरिम सरकारप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्ने बताए।
- प्रसाईंले २०४७ सालको संविधान पुनर्स्थापनाका लागि लड्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका छन् ।
मङ्गलबार पत्रकार सम्मेलन गर्दै उनले जेनजी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि प्रकट गर्दै उनले छठलगत्तै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
‘हामी दसैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ’, पत्रकार सम्मेलनमा उनले भने, ‘पुनर्स्थापना नभएसम्म आन्दोलन रोकिँदैन ।’
उनले कोठाभित्र बसेर सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस नलेख्ने बताउँदै भने,'आन्दोलनको नेतृत्व हामी लिन्छौँ । देशमा २०४७ सालको संविधान पुनर्स्थापनाका लागि लड्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण