नक्खु कारागारमा आगलागी घटना : मनिष झाले भने, ‘म माथि छानबिन गर्नुस्’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जनेजी आन्दोलनका क्रममा नक्खु कारागारमा रोक्दै गरेको भिडियोमा अरू क्लिप राखेर आफूमाथि कारागार जलाउन नेतृत्व गरेको भनेर आरोप लगाइएको दाबी गरेका छन् ।
मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा झाले भने, ‘आगलागी हुँदै गर्दा एउटा राजनीतिज्ञले रोक्न जानु मेरो धर्म होइन ?’ ।
उनले आफ्नै पार्टी सभापति २ मिटर टाढा रहेको र त्यो आरोप लाग्ने डर रहेको भन्दै सभापतिलाई स्वागत गर्न आएको जमातले आगो लगायो भन्ने डरले गर्दा पनि आफू रोक्न गएको बताए ।
आफूले रोक्दै गर्दा रातो टिसर्टको मान्छे भिडियोमा समेत देखिएको भन्दै उनले मलाई जान भनेको र आफू फर्किएको बताए । उनले आफूमाथि छानबिन गर्न समेत भनेका छन् ।
‘मेरो छानबिन नहोस् भनेको होइन, म माथि पनि छानबिन होस् । जुन समिति बनेको छ, त्यसका आधारमा अरू भिडियो पनि लिएर जापान बस्ने मानिस (रविन) लाई अपलोड गर्न लगाइएको पनि झाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण