जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर आएको दुर्गा प्रसाईँको दाबी
मङ्गलबार, ०७ असोज २०८२, १४ : ४६
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनलगत्तै आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका छन् ।
जङ्गी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको भेटका सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले आफूलाई प्रधानमन्त्रीको अफर आएको दाबी गरेका हुन् ।
मङ्गलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘जुन विदेशीहरूको खेलमा सरकार बन्दैछ म जान्न भनेको हुँ । अनि मलाई किन चाहियो प्रधानमन्त्री ? मेरो घर छँदै छ, गाडी छँदै छ ।’
उनले देशलाई अप्ठ्यारो पर्दा दुर्गा प्रसाईँको अभियान अघि बढ्ने समेत दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण