जेनजी आन्दोलनलाई हाइज्याक गरेर बारबरा र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बने : दुर्गा प्रसाईँ
सारांश
- दुर्गा प्रसाईंले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको आरोप लगाए।
- उनले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गएको बताए।
- प्रसाईंले नेपालमा विदेशी हस्तक्षेप बढेको र हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राखे।
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनलाई हाइज्याक गरिएको दाबी गरेका छन् । मङ्गलबार पत्रकार सम्मेलनमार्फत प्रसाईँले आन्दोलनको उद्देश्य र परिणाम फरक दिशामा गइसकेको दाबी गरेका हुन् ।
उनले भने, ’आन्दोलनमा सिंहदरबार, सर्वोच्चमा आगलागी भयो, हामी पनि छक्क पर्यौँ ।’ उनले आन्दोलनसँगै नेपालमा विदेशी हस्तक्षेप बढेको समेत जिकिर गरे ।
तर प्रसाईँले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने धारणा राख्दै अहिले धर्म कमजोर भएको टिप्पणी गरे । उनले भने, ’यो भगवान्हरूले बास गरेको ठाउँ हो, भगवान् रामचन्द्र हाम्रो गर्व हुन् । अब माटो सुहाउँदो आन्दोलन गर्नुपर्छ ।’
उनले भने, ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण