हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को : दुर्गा प्रसाईँ
सारांश
- दुर्गा प्रसाईँले वर्तमान राजनीतिक अवस्था र अभियानबारे भक्तपुरमा पत्रकार सम्मेलन गरे ।
- उनले आफूहरूले देशमा प्रतिपक्षको भूमिका निर्वाह गरेको र व्यवस्था तथा संविधानमा सुधार खोजेको बताए ।
- प्रसाईँले भ्रष्टाचारविरुद्धको अभियान र बैंक ब्याजदर घटाउन भूमिका खेलेको दाबी गरे ।
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक अवस्था र आफ्नो अभियानका विषयमा पत्रकार सम्मेलन गरेका छन् । मङ्गलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले आफूहरूले देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको दाबी गरे ।
उनले भने, 'यो देशमा प्रतिपक्ष नै थिएन । त्यतिबेला हामीले प्रतिपक्षको भूमिका निभाएका थियौँ । यो अन्तरिम सरकारमा पनि प्रतिपक्षकै भूमिका निर्वाह गर्छौँ । हामी खबरदारी गर्छौँ ।’
प्रसाईँले आफूहरूको अभियानको मूल उद्देश्य व्यवस्था र संविधानमा सुधार ल्याउने रहेको उल्लेख गरे । तर आफूहरूले उद्देश्य एक भएपनि जेनजी आन्दोलनबाट अर्कै भइदिएको बताए ।
उनले भने,'हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को । व्यवस्था परिवर्तन, संविधान परिवर्तन हुनुपर्थ्यो । त्यो भएन ।’ उनले यो व्यवस्थाले सबै नेपालीलाई विदेश जान बाध्य बनाएको समेत जिकिर गरे । यही पीडा बोक्दै आफूहरूले विगतमा पूर्वराजाको हातबाट परेवा उडाएर अभियान सुरु गरेको दाबी गरे ।
उनले आफ्नो अभियान भ्रष्टाचारविरुद्ध केन्द्रित रहेको दाबी गर्दै बैंक ब्याजदर घटाउन पनि आन्दोलनले भूमिका खेलेको बताए । प्रसाईँले भने, 'हामीले अभियान सुरु गर्दा ब्याजदर १८ प्रतिशत थियो, अहिले ७ प्रतिशतमा झरेको छ । लघुवित्त पीडितहरू भागाभाग गर्ने अवस्था अन्त्य भएको छ ।’
प्रसाईँले महाअभियान राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यका साथ निरन्तर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण