महाराजगन्जमा असईको बीभत्स हत्यामा संलग्न आरोपी पक्राउ
सारांश
- महाराजगन्जमा असई मिलन रायको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल रहेका छन्।
- यसअघि अर्का एक जनालाई पनि प्रहरी हत्या आरोपमा पक्राउ गरिएको थियो।
काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ओम पौडेल छन् ।
भदौ २४ मा महाराजगन्जमा असई मिलन रायलाई छटपटाइरहेको अवस्थामा उनले अनुहारमा मुङ्ग्रोले हिर्काएर बीभत्स तरिकाले हत्या गरेको भिडियोमा देखिन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पौडेललाई धापासीबाट पक्राउ गरेको हो ।
जेनजी प्रदर्शनको क्रममा उद्दण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनी गरेर दुईजना प्रहरीको हत्या गरेका थिए । मृत्यु हुनेमा असई राय र जवान उत्तम थापा छन् ।
असोज ४ मा प्रहरीको हत्या आरोपमा काभ्रे घर भएका युवराज क्यापछाकी पक्राउ परेका थिए । प्रहरी हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेहरूको सङ्ख्या २ पुगेको छ । क्यापछाकीलाई अनुसन्धान गर्न अदालतले प्रहरीलाई १० दिनको म्याद दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण