महाराजगञ्जमा प्रहरीको हत्या गरेको आरोपमा एकजना पक्राउ
मङ्गलबार, ०७ असोज २०८२, १५ : ३८
सारांश
- महाराजगञ्जमा प्रहरी हत्यामा संलग्न काभ्रेका युवराज क्यापछाकी पक्राउ परेका छन्।
- भदौ २४ मा उच्छृङ्खल समूहको आक्रमणबाट असई र जवानको मृत्यु भएको थियो।
- प्रहरीले क्यापछाकीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ, र अदालतले १० दिनको म्याद दिएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनमा महाराजगञ्जमा प्रहरीको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्यापछाकी छन् ।
भदौ २४ मा उच्छृङ्खल समूहको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो । हत्यामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।
क्यापछाकी असोज ४ मा पक्राउ परेका हुन् । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई १० दिन म्याद दिएको छ । उच्छृङ्खल समूहले प्रहरीको हत्यासँगै वृत्तमा आगजनी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण