ललितपुर–मकवानपुर–सिन्धुली सडकमा चाडपर्वलक्षित सवारी व्यवस्थापन
सारांश
- ललितपुर जिल्ला प्रशासनले चाडपर्वमा कान्ति लोकपथ हुँदै यात्रा गर्ने सवारीसाधनको लागि विशेष व्यवस्था गरेको छ।
- असोज ७ देखि २१ गतेसम्म ३० टनभन्दा बढी तौल भएका र १० पाङ्ग्रेभन्दा बढीका सवारीसाधन बेलुका ९ बजेभित्र तोकिएको स्थानमा पुग्नुपर्नेछ।
- प्रशासनले यात्रु र चालकलाई सतर्कता अपनाउन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।
ललितपुर । चाडपर्वमा हुने भीडभाडलाई लक्षित गर्दै ललितपुर जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली जाने सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधनको आवागमनसम्बन्धी विशेष व्यवस्था गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरले असोज ७ देखि असोज २१ गतेसम्म (कोजागत पूर्णिमा) सवारी सञ्चालनका लागि समयसीमा तोक्दै आवागमनलाई सहज बनाउन व्यवस्था मिलाएको हो । उक्त अवधिमा ३० टनभार वहन क्षमता र अधिकतम १० चक्के सवारीसाधनमात्र बेलुका ९ः०० बजेसम्म तोकिएका प्रवेश तथा प्रस्थान बिन्दुमा पुगिसक्नुपर्ने प्रावधान गरिएको छ ।
प्रशासनका अनुसार मकवानपुर जिल्लाबाट ललितपुर प्रवेश विन्दु
बगुवा (बागमती गाउँपालिका–२) र ललितपुर जिल्लाबाट प्रस्थान विन्दु टीकाभैरव (गोदावरी नगरपालिका–६) तोकिएको छ ।
साथै मनसुन वर्षा अझै सक्रिय रहने भएकाले पहिरो तथा अन्य जोखिम कायम रहेको भन्दै प्रशासनले यात्री र चालकलाई सतर्कतासाथ यात्रा गर्न आग्रह गरेको छ । सुरक्षाकर्मीले दिने निर्देशनानुसार मात्र सवारी सञ्चालन गर्न, लेन अनुशासन पालना गर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्न विशेष अनुरोध गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको दौडमा एमबाप्पे र हालान्ड, युरोपका दुई महारथीलाई अफ्रिकी टिमको चुनौती (भिडियो)
-
त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त
-
श्रीमती हत्या प्रकरण : ‘नेपाली ब्रो’सहित चार जनाविरूद्ध जन्मकैद माग गर्दै मुद्दा दर्ता
-
जेनजीलाई बिर्सेको बालेन सरकार
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण