अर्थ मन्त्रालयका राजश्व सचिव घिमिरेको सरुवा
बुधबार, ०८ असोज २०८२, १२ : २९
सारांश
- सरकारले अर्थ मन्त्रालयका सचिव दिनेश घिमिरेको सरुवा गरेको छ।
- घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।
- आयोगका सचिव भरतमणि सुवेदीको राजीनामा स्वीकृत भएपछि घिमिरेको सरुवा भएको हो।
काठमाडौँ । सरकारले अर्थ मन्त्रालयका सचिव (राजश्व) दिनेश घिमिरेको सरुवा गरेको छ । असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई सरुवा गरे पनि बुधबार मात्रै सरुवाबारे जानकारी गराइएको हो ।
घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकारी दियो ।
आयोगका सचिव भरतमणि सुवेदीले भदौ ८ गते दिएको राजीनामा भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
घिमिरेलाई सरुवा गरिए पनि अन्य सचिवलाई त्यहाँ नल्याइएको स्रोतले बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण