राष्ट्रिय महिला आयोगमा आफैँले आफैँलाई कार्यवाहक !
सारांश
- राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आफूलाई कार्यवाहक अध्यक्ष तोकेकी छिन्।
- आयोगकी अध्यक्ष कमलाकुमारी पराजुली असोज ५ गतेदेखि आयोगमा अनुपस्थित रहेकाले खतिवडाले कार्यवाहकको जिम्मेवारी लिएकी हुन्।
- राष्ट्रिय महिला आयोग ऐन, २०७४ अनुसार अध्यक्ष अनुपस्थित भए वरिष्ठ सदस्यले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ।
काठमाडौँ । राष्ट्रिय महिला आयोगमा सदस्य कृष्णकुमारी पौडेल खतिवडाले आफैँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी छन् । खतिवडाले बुधबार आफूलाई कार्यवाहक तोकेकी हुन् ।
खतिवडाले आयोगकी अध्यक्ष कमलाकुमारी पराजुली असोज ५ गतेदेखि आयोगमा उपस्थित नभएकाले कार्यवाहक तोकिएको समेत जनाएकी छन् । पराजुली उपस्थित नहुँदासम्म आफू कार्यवाहकका रुपमा काम गर्ने खतिवडाको भनाइ छ ।
‘राष्ट्रिय महिला आयोग ऐन, २०७४ को परिच्छेद ४ को दफा २० मा कुनै कारणवश अध्यक्षको पद रिक्त भएमा संविधानको धारा १०१ को उपधारा (६) बमोजिम आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने भएमा, विदेश भ्रमणमा गएकोमा वा सात दिनभन्दा बढी समयसम्म बिदामा रहेकोमा आयोगमा आयोगको वरिष्ठतम सदस्य आयोगको कार्यवाहक अध्यक्ष भई काम गर्ने छ भनी लेखिएकोमा अध्यक्ष आयोगमा उपस्थित नहुँदा सम्मका लागि कार्यवाहक अध्यक्ष म सदस्य कृष्णकुमारी पौडेल खतिवडा नियम बमोजिम कार्यसम्पादन गर्ने जानकारी गराउँछु’, खतिवडाले भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण