सन्तोष सेन भन्छन् : बलिदान फिल्म हेर्दा दर्शकको जिउमा काँडा उम्रिन्छ
काठमाडौँ । निर्देशक सन्तोष सेनले आफ्नो फिल्म ‘बलिदान’ले देशको मायाबारे बुझाउने बताएका छन् ।
आफ्नो फिल्मले केवल मनोरञ्जन मात्र नदिने, देश र आमाप्रतिको कर्तव्यबोध गराउने उनले दाबी गरे ।
‘हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो । लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो फिल्म तयार गरेका छौँ,’ सेनले भने, ‘देशप्रति र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो बलिदान ।’
फिल्मले राजनीतिक कुटिलताले आम जनतालाई कसरी बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देशसमेत दिने उनले बताए । सेनले ‘बलिदान’को मेकिङ र प्रस्तुति उच्च गुणस्तरमा भएको दाबी गर्दै भने, ‘हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ । यी दुवै नै हाम्रो जीवनका आधार हुन् । यही आधारलाई फिल्ममा विभिन्न कोणबाट पस्किएका छौँ । फिल्म हेर्दा दर्शकले मनोरञ्जन मात्र होइन, जिउमा काँडा उम्रिने खालको जोस र ऊर्जा पाउनेछन् ।’
सेनकै निर्माण रहेको फिल्ममा मुख्य भूमिकामा समीर भट्ट छन् भने सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकीको पनि मुख्य भूमिका छ । आशुसेन फिल्मस् प्रालिको ब्यानरमा बनेको फिल्ममा ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको पनि अभिनय देख्न सकिन्छ ।
फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् । फिल्म फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण