विपिन जोशीको रिहाइ गर्न बहिनी र आमा अमेरिका प्रस्थान
सारांश
- गाजा क्षेत्रमा हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि बहिनी पुष्पाले अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउने भएकी छिन्।
- पुष्पा आज आमासँगै अमेरिका प्रस्थान गर्दै दाजुको रिहाइका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनेछिन्।
- यसअघि उनीहरूले इजरायलमा पनि विपिनको रिहाइका लागि पहल गरेका थिए, र उनले सबैलाई साथको अपिल गरेकी छिन्।
काठमाडौँ । गाजा क्षेत्रमा हमासको आक्रमणपछि बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि उनकी बहिनी पुष्पाले अन्तर्राष्ट्रिय मञ्चमा मुद्दा उठाउने भएकी छन् ।
यसै सन्दर्भमा उनी आज (बुधबार) साँझ आमासँगै संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन् ।
पुष्पाले सामाजिक सञ्जाल फेसबुकमार्फत यसको जानकारी दिँदै दाइको रिहाइका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले अमेरिका जान लागेको जानकारी दिएकी हुन् । यसअघि उनीहरू इजरायल पनि पुगेर विभिन्न निकायमा विपिनको रिहाइका लागि पहल गरेका थिए ।
फेसबुकमा उनले लेखेकी छन्, 'मेरो भाइको सुरक्षित रिहाइको लागि म एउटा ठुलो कदम चाल्दै छु। आज, मेरी आमा र म संयुक्त राज्य अमेरिका जाँदैछौँ, जसरी हामी यसअघि इजरायल गएका थियौँ ।'
पुष्पाले यसअघि पनि अन्तर्राष्ट्रिय मित्रहरू र विश्वभरका नेपाली दुवैबाट ठुलो सहयोग प्राप्त भएको स्मरण गर्दै यसपटक पनि सबैबाट साथ र सहयोगको अपेक्षा राखेकी छन् । उनले विश्वभरका नेपालीलाई आ-आफ्नो भाषामा विपिनको सुरक्षित रिहाइका लागि आवाज उठाउन अपील गरेकी छन् ।
यो एक अन्तर्राष्ट्रिय मुद्दा भएकोले उनले अन्य देशका नागरिकहरूलाई पनि विपिनको स्वतन्त्रताको लागि यस अभियानमा सामेल हुन र समर्थन गर्न विनम्र अनुरोध गरेकी छन्। 'तपाईंको सानो प्रयासले पनि मेरो दाइको सुरक्षित रिहाइको सम्भावना बढाउन सक्छ,' उनले फेसबुकमार्फत भनेकी छन् ।
हमासले गरेको आक्रमणपछि विपिन बन्धक बनाइएका थिए । उनको रिहाइका लागि नेपाल सरकार र परिवारले निरन्तर प्रयास गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण