च्यास्मिटारमा एक घण्टाको अन्तरमा दुई छिमेकीको घरमा आगजनी
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको अन्तरमा दुई छिमेकीको घर र गोठमा आगजनी भएको छ । दाल्फुका स्थानीय दुर्गाप्रसाद राईको घर र बबरसिं राईको गोठमा गएराति अज्ञात व्यक्तिबाट आगजनी भएको हो ।
दुर्गाप्रसादको घरमा राति करिब १ः२० बजे र बबरसिंको गोठमा करिब २ः०० बजेको समयमा आगजनी भएको स्थानीयले बताएका छन् । अज्ञात व्यक्तिबाट भएको आगजनीमा दुर्गाप्रसादको एउटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । घर र मतानमा भने आंशिक क्षति पुगेको प्रहरी चौकी च्यास्मिटारले जनाएको छ ।
दुर्गा प्रसादको घर र मतानको बीचमा रहेको भैँसी बाँधेको गोठबाट आगो सुरु भएको थियो । रातको समयमा लागेको आगो घर र मतानको छाना उधारेर ठूलो क्षति हुनबाट जोगाएका छन् । स्थानीयले सो आगो नियन्त्रणमा लिएको केही समयपछि करिब तीन मिनेट पर रहेको बबरसिंको गोठमा आगो सुरु भएको जनाइएको छ ।
दुवै घरमा भएको आगजनीबाट राँगा, भैँसी, गाईगोरु र खसीबाख्रालाई भने दाम्लो खोलेर जोगाइएको स्थानीयले बताएका छन् । आगजनीमा दुर्गाप्रसादको अन्दाजी रु तीन लाख र बबरसिंको अन्दाजी रु एक लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।
कसैले योजनाबद्ध तरिकाले दुई घरमा आगजनी गरेको अनुमान गरिएको स्थानीय केसीराज राईले बताए । आगजनीमा संलग्नको पहिचानका लागि इलाका प्रहरी कार्यालय हलेसीमा जाहेरी दिइएको पीडितहरूले बताएका छन् ।
च्यास्मिटारमा भएको आगजनीका घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत वर्ष पनि बबरसिं र उनका छोरा रहरमान राईको घरमा रातको समयमा शृङ्खलाबद्ध तरिकाले आगलागी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशका ६० हजार घरपरिवार अझै विद्युत्को पहुँच बाहिर
-
नुहाउनेबित्तिकै पानी पिउन हुन्छ कि हुन्न ?
-
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
-
काठमाडौँ महानगरमा आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर
-
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि, एक समूहद्वारा बहिष्कारको तयारी
-
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण