चाडपर्वलाई मध्यनजर गर्दै जनकपुरमा १२ सय बढी सुरक्षाकर्मी परिचालन
सारांश
- दशैंको समयमा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जनकपुरधाममा सुरक्षा व्यवस्था कडा पारिएको छ।
- दशैंमा भक्तजनको घुइँचो लाग्ने भएकाले विभिन्न प्रवेशद्वार, गाउँ र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।
- सुरक्षाका लागि ८५० नेपाल प्रहरी र ४५० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
धनुषा । दसैँको समयमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर जनकपुरधाममा सुरक्षा मजबुत बनाइएको छ । दसैँमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने भएकोले सुरक्षा चुनौती थपिएको हो । जसकारण सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ ।
दसैँलाई सुरक्षित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले नगरको विभिन्न प्रवेशद्वारमा चेक प्वाइन्ट, गाउँ गाउँमा गस्ती टोलीका साथै सादा पोसाकमा समेत प्रहरी परिचालन गरेको छ । चाडबाडको समयमा सुरक्षाका लागि ८ सय ५ नेपाल प्रहरीका साथै ४ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए ।
जनकपुरधाममा चाडबाडको समयमा अन्य समयको तुलनामा भिडभाड हुने भएकाले जिल्ला प्रहरीले नगरका साथै धनुषाका गाउँ गाउँमा सुरक्षा गस्ती बढाएको छ । यसका साथै कुनै त्यस्तो अवाञ्छित क्रियाकलाप देखिएमा प्रहरीलाई जानकारी दिन प्रहरी उपरीक्षक रेग्मीले आग्रह गरे ।
उनले सहरी क्षेत्रमा ५ मिनेट भित्र पुग्ने तथा ग्रामीण क्षेत्रमा १० मिनेट भित्र पुग्ने गरी तयारी गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण