लागूऔषध डुङ्गाहरूमाथि अमेरिकी आक्रमणलाई कोलम्बियाले भन्यो तानाशाही कार्य
सारांश
- कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले क्यारिबियन सागरमा अमेरिकी हवाई आक्रमणलाई तानाशाहीको कार्य भनेका छन्।
- उनले अमेरिकी आक्रमणमा कोलम्बियालीहरू मारिएको खण्डमा कारबाही हुनुपर्ने बताएका छन्।
- विज्ञहरू र सांसदहरूले भने यस कदमले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको उल्लङ्घन गर्ने प्रश्न उठाएका छन्।
काठमाडौँ । क्यारिबियन सागरमा लागूऔषध तस्करी गर्ने डुङ्गाहरूमा अमेरिकी हवाई आक्रमण तानाशाहीको कार्य भएको कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले बताएका छन् । उनले बीबीसीसँगको एक अन्तर्वार्तामा यो कुरा भनेका हुन् ।
अनुसन्धानका क्रममा सो आक्रमणमा कोलम्बियालीहरू मारिएको थाहा भयो भने अमेरिकी अधिकारीहरू विरुद्ध फौजदारी कारबाही गरिनुपर्ने पनि उनले बताए । फेन्टानिल र अन्य अवैध लागूऔषधहरूलाई अमेरिकामा प्रवेश गर्नबाट रोक्न यी आक्रमणहरूलाई आवश्यक भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।
यस महिनादेखि सुरु भएका आक्रमणहरूमा १७ जनाको मृत्यु भएको बताइएको छ । तर, कानुनसम्बन्धी विज्ञहरू र सांसदहरूले यसले अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको उल्लङ्घन गर्छ भन्ने प्रश्न उठाइरहेका छन् ।
गुस्ताभो पेट्रोले भने, ‘यदि तिमी डुङ्गा रोक्न र चालक दललाई पक्राउ गर्न सक्छौँ भने किन मिसाइलहरू किन प्रहार गर्छौ ? भनेर प्रश्न गरेका छन् । अमेरिकाको यस कदमलाई जसले पनि हत्या नै भन्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण