मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

नागढुंगा सुरुङ सञ्चालनका लागि परीक्षण गरिँदै

बिहीबार, ०९ असोज २०८२, ११ : ४१
बिहीबार, ०९ असोज २०८२

सारांश

  • दसैँमा नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी भइरहेको छ, परीक्षण जारी छ।
  • इन्जिनियरका अनुसार, फ्लाईओभरको परीक्षण भइरहेको छ र शनिबारसम्म सकिनेछ।
  • सुरुङको पश्चिमी भागमा समस्या देखिएको र समाधानका लागि काम भइरहेको छ।

काठमाडौँ । दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्नेगरी तयारी भइरहेको छ । अहिले सुरुङमार्ग परीक्षण भइरहेको नागढुंगा सुरुङमार्ग  आयोजनाले जनाएको छ  । 

आयोजनाका इन्जिनियर सञ्जय पन्थीकाअनुसार आज सुरुङ अगाडि बलम्बुमा रहेको फ्लाईओभर परीक्षण गरिएकाे छ । यो फ्लाईओभर ४८ घण्टामा परीक्षण सकिनेछ । 

‘मुख्य सुरुङको परीक्षण भइसक्यो । अब फ्लाइओभरको परीक्षण हुँदै छ,’ पन्थीले भने, शनिबारसम्म फ्लाइओभरको परीक्षण सकिन्छ ।’

साथै दसैँका लागि खुला गर्ने तयारी भए पनि अहिले परीक्षणकै क्रममा रहेकाले कहिले देखि सवारी चल्न दिने भन्नेबारे टुङ्गो नभएको बताए । 

साथै सुरुङको पश्चिमी पोर्टलमा समस्या रहेको र समाधानका लागि काम भइरहेको पनि  उनले बताए ।

गत शनिबार यातायात व्यवसायीहरूसँगको छलफलमा भौतिक पूर्वाधार तथा  यातायात मन्त्री कुलमान घिसिङले उक्त सुरुङ दसैँमा सञ्चालन गर्न निर्देशन दिएका थिए । साथै सुरुङमार्ग सञ्चालनका लागि निर्माण कम्पनी र सरकारबिच छलफल पनि भइरहेको छ  ।

दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङ निःशुल्क खुला गरिने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप