कैलालीको गोदावरीमा साधुको हत्या : एक जना पक्राउ
ढुङ्गाले प्रहार गरी हत्या गरेको आशङ्का
बिहीबार, ०९ असोज २०८२, १४ : ५१
कैलाली । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ चुनेपानीस्थित एक मन्दिरको कुटीमा बस्दै आएका साधुको हत्या भएको छ ।
लक्ष्मीनारायण मन्दिरको बगैँचामा रहेको कुटीमा बस्ने ७८ वर्षीय भगत रामनारायण डगौराको बुधबार राति हत्या गरिएको हो ।
प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका डगौराको बुधबार मध्यरात करिब साढे १२ बजे हत्या भएको हो ।
प्रारम्भिक अनुसन्धानले उनको टाउकोमा ढुङ्गा प्रहार गरेर हत्या गरिएको देखाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतक डगौरा विगत १६ वर्षदेखि सोही कुटीमा बस्दै आएका थिए । लक्ष्मीनारायण मन्दिरका तर्फबाट घटनाबारे प्रहरीमा जाहेरी दर्ता गरिएको छ ।
घटनाको अनुसन्धानका लागि मालाखेती प्रहरीले शङ्कास्पद एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण