ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी
सारांश
- सरकारले केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने तयारी गरेको छ।
- जेनजी आन्दोलनलाई दमन गरेको आरोपमा अनुसन्धान गर्न राहदानी रोक्का गर्न लागिएको हो।
- सरकारले दमन र नेताको घरमा भेटिएको नगदबारे अनुसन्धान गर्न लागेको छ।
काठमाडौँ । सरकारले शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री तथा केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायत शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने सरकारले तयारी गरेको हो ।
गत भदाै २३ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको एक मन्त्रीले रातोपाटीलाई बताए ।
‘जेनजी आन्दोलनलाई दमनको रूपमा परिणत गर्नेलाई कारबाही गर्न जेनजीहरुको माग रहेको छ । अन्य विषयमा पनि अनुसन्धान हुन सक्छ । त्यसको लागि अहिले सरकारले पासपोर्ट रोक्ने तयारी गरेको हो,’ ती मन्त्रीले रातोपाटीसँग भने ।
सरकारले तत्काल मूख्य दुई विषयमा अनुसन्धान गर्ने देखिएको छ । सरकारले गरेको दमन र नेताको घरमा देखिएको नगदको आधारमा तत्काल अनुसन्धान गर्नको लागि पासपोर्ट रोक्का गर्न लागेको स्रोतको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण