सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्रीकाे सम्बाेधन

विगतमा भएको भ्रष्टाचारकाे छानबिन हुन्छ : प्रधानमन्त्री कार्की

बिहीबार, ०९ असोज २०८२, १८ : ३१
बिहीबार, ०९ असोज २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विगतमा भएको भ्रष्टाचारको छानबिन गर्ने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले वर्तमान सरकारले  छोटो समयमा नै विगतमा भएको भ्रष्टाचारको प्रस्ट जानकारी पाइसकेको बताइन् । 

उनले यसको आवश्यक अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने बताइन् । उनले आन्दोलनमा भएको लुटपाट, तोडफोड गर्दा व्यक्तिको घरमा देखिएको नगद र सम्पत्तिमा सरकारको निकायले छानबिन गर्न थालिसकेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप