एकसाथ रविनले ल्याए पुस्तक र एल्बम
काठमाडौं – गायक तथा संगीतकार नेत्रबहादुर खत्री ‘रविन’ले एकसाथ दुई कृति लिएर आएका छन् । अमेरिकामा बस्दै आएका खत्रीको ‘लभ डिजायर’ गीति एल्बम र ‘मोडलिङ द इकोच हुमन फिगर इन क्ले’ नामक पुस्तकको राजधानीमा आइतबार एक समारोहबीच सार्वजनिक गरिएको छ । दुवै कृतिको बरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकार राजु सिंह, कलाकार उत्तम केसीलगायतले संयुक्त रुपमा विमोचन गरे ।
एल्बम सार्वजिनक पछि गायक प्रेमध्वजले विदेशमा बसेर पनि नेपाली गीतसंगीतलाई माया गर्दै एल्बम निकालेका गायक खत्रीको प्रशंसा गरेका थिए । उनले भने, ‘वर्तमान अवस्थामा एल्बम निकाल्ने अवस्था छैन । तर, यस्तो एल्बमको नाजुक अवस्थामा पनि गायक खत्रीले एल्बम ल्याएर नेपाली संगीत क्षेत्रमा इँटा थप्ने काम गरेका छन् ।’ त्यस्तै, संगीतकार राजु सिंहले संगीतकार तथा पुस्तकका लेखक समेत रहेका खत्रीको गायनकलाको खुलेर प्रशंसा गरेका थिए ।
सार्वजनिक एल्बममा गायक खत्रीकै संगीत र शब्दरचना रहेको छ । एल्बम ‘लभ डिजायर’मा जम्मा ५ वटा गीत रहेका छन् । जसमा एक्लै छु, आज मेरो, धेरै दिन, आकाशमा र तिम्रै मायामा बोलका गीत रहेका छन् ।
एल्बम तथा पुस्तक सार्वजनिक भएपछि गायक तथा संगीतकार खत्रीले भने, ‘सानैदेखि गीतसंगीतप्रति मेरो लगाव थियो । राति सुत्दा पनि म मा संगीतको तरंग पैदा हुन्थ्यो । त्यो रहर अहिले आएर पूरा गरेको छु ।’ उनले आफ्नो प्रयासलाई दर्शक तथा श्रोता माया र हौसला प्रदान गर्ने आशावादी रहेको बताए । उक्त एल्बम युथ क्रियशनको बजार व्यवस्थापनमा श्रोतामाझ आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
-
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण