अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाए : सडक डिभिजन भरतपुर
शुक्रबार, १० असोज २०८२, ०९ : ४६
सारांश
- भरतपुर सडक डिभिजनले तुइनखोलाको पहिरो पन्छाउने अपरेटरहरुप्रति आभार व्यक्त गरेको छ।
- मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा पहिरो खस्दा १०५ घण्टा यातायात अवरुद्ध भयो।
- निरन्तरको प्रयासपछि गएराति १०:३५ बजेदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ।
काठमाडौँ । सडक डिभिजन भरतपुरले अपरेटरहरूले ठुलो जोखिम मोलेर तुइनखोलाको पहिरो पन्छाएको बताएको छ ।
'मुग्लिन-नारायणघाट सडक खण्डको तुइन खोलामा अघिल्लो शुक्रवार देखि पटक पटक खसेको पहिरोको कारण करिब १०५ घण्टा यातायात अवरुद्ध हुन पुग्यो र निरन्तरको प्रयास पश्चात् हिजो राती १०ः३५ बजेदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। यस क्रममा सर्वप्रथम निरन्तर डुङ्गाहरू खसिरहँदा समेत खतरा मोलेर सफा गर्नुहुने अपरेटर साथीहरू हृदयदेखिनै आभार व्यक्त गर्न चाहन्छौँ', कार्यालयले समाजक सञ्जालमार्फत भनेको छ ।
यसको अलावा फिल्डमा निरन्तर खटिएका सुपरभाइजर, प्राविधिक साथीहरू एवं अन्य कर्मचारीप्रति पनि कार्यालयले आभार व्यक्त गरेको छ ।
पहिरो पन्छाएसँगै अहिले मुग्लिन-नारायणघाट सडक निर्बाध दुईतर्फी सञ्चालनमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमा सुरक्षाको जोखिमबारे सांसद थापाले उठाए प्रश्न
-
कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न
-
इरान–इजरायल तनावबिच तेहरानको मेहराबाद विमानस्थलका सबै उडान रद्द
-
ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो, वीर अस्पतालमा असार १६ सम्म शल्यक्रिया शुल्क नलाग्ने
-
सर्वदलीय बैठकमा सहमति जुटेन, संसदमा विरोध कायमै रहन्छ : एमाले
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण