माओवादी बैठकमा हरिबोलले भने- सडकबाट उठेको आवाजले पार्टीको नेतृत्व परिवर्तन हुँदैन
सारांश
- माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले जेनजी आन्दोलनलाई समर्थन गर्नुपर्ने बताए।
- उनले आन्दोलनलाई विकृति र विसंगतिको विरुद्ध युवाहरूको विद्रोहको रूपमा व्याख्या गरे।
- गजुरेलले पार्टीभित्रको नेतृत्व परिवर्तन सडकबाट नभई छलफल र महाधिवेशनबाट हुने बताए।
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले जेनजी आन्दोलनलाई दृढतापूर्वक समर्थन गर्नुपर्नेमा जोड दिएका छन्।
पार्टी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्दै उनले यो आन्दोलनलाई विकृति र विसंगतिको विरुद्ध युवाहरुले गरेको स्वतःस्फूर्त विद्रोहका रूपमा व्याख्या गरे। तर उनले यस आन्दोलनलाई विदेशी वा प्रतिक्रियावादी शक्तिहरूले आफ्नो पक्षमा प्रयोग गर्न खोजेकोतर्फ सचेत रहनुपर्ने बताए।
उनले भने, 'हामीले आन्दोलनमा पहिलो दिनदेखि नै ऐक्यबद्धता जनाउनुपर्ने थियो। पछि भए पनि हामीले दमन र नरसंहारको विरोध गर्यौं, ओलीको राजीनामा माग्यौं। त्यसकारण हामी फरक छौं, आन्दोलनकारी शक्ति हौं।'
गजुरेलले नेतृत्व परिवर्तनबारे उठेका आवाजबारे समेत आफ्नो धारणा राखे । उनले सडकबाट उठेको आवाजले सरकार परिवर्तन हुनेभएपनि पार्टीभित्रको नेतृत्व परिवर्तन नहुने बताए ।
अध्यक्ष प्रचण्डको बचाउ गर्दै उनले भने, 'सडकबाट उठेको आवाजले सरकार त परिवर्तन हुन्छ, तर पार्टीभित्रको नेतृत्व परिवर्तन हुँदैन। त्यो पार्टीभित्रको प्रश्न हो, छलफल र महाधिवेशनबाट मात्र नेतृत्वको कुरा टुंगिन्छ।'
उनले विशेष महाधिवेशनलाई नै उचित बाटो बताउँदै पार्टीमा विचार र कार्यदिशा अद्यावधिक गर्ने अवसरको रूपमा लिनुपर्ने धारणा राखे। उनका अनुसार नेतृत्व उमेरका आधारमा होइन, विचार र क्रान्तिकारी कार्ययोजनाका आधारमा छनोट हुनुपर्छ।
'पार्टी अहिले सिद्धान्तविहीन र उपयोगितावादी ढंगले चलेको छ, जसलाई सच्याउनै पर्छ,' उनले भने। जेनजी आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै नयाँ पुस्तालाई पार्टीभित्र प्रतिनिधित्व दिनुपर्नेमा पनि उनले जोड दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण