मुलुकलाई निकास दिन दलहरूले बढी भूमिका निर्वाह गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उत्पन्न सङ्कट समाधानका लागि राजनीतिक दलहरूले बढी भूमिका खेल्नुपर्ने बताएकी छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आवश्यकता औँल्याएकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले मुलुक सङ्कटमा यस्तो अवस्थामा सधैँ रहन नसक्ने उल्लेख गर्दै त्यसको तत्काल समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताले सहकार्यका लागि अघि बढ्नुपर्ने पनि बताइन् ।
उनले मुलुकलाई निकास दिन राजनीतिक दलहरूलाई सुझाव दिन पनि समाजका सबै तहलाई आग्रह गरिन् । राजनीतिक दलहरूले जनताको बीचमा गएर मुलुकलाई निकास दिनका लागि सुझाव लिन ढिलाइ गर्न नहुने पूर्वराष्ट्रपति भण्डारीको निष्कर्ष थियो ।
उनले भनिन्,सधैँ यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नु पर्छ । र हाम्रो शक्तिका स्रोत भनेको जनताहरू हुन । मेरो राजनीतिक दलहरूलाई के सुझाव छ भने–उहाँहरूले आफ्नो दर्शन, सिद्धान्त, नीति, विचार अनुसार कार्यक्रम गर्नु भएको छ कि छैन ? के सुझाव दिन्छन् जनसमुदायले । त्यसका लागि जनताको बीचमा जानुपर्छ जस्तो लाग्छ मलाई । र, पार्टीहरूको बीचमा पनि समन्वय र सहकार्य गर्नु आवश्यक छ भन्ने मलाई लागेको छ । पार्टीहरू र विभिन्न सबै आस्थाका धरोहरको बीचमा छलफल, समन्वय भएर नै हामीले यो समस्यालाई समाधान दिन सक्छौँ । र, हामी जस्तो खालको बसाइँमा छौँ । हाम्रो बसाइँ, हाम्रो यहाँको अस्थिरताले मित्र राष्ट्रहरूलाई पनि पिर पर्न सक्छ । त्यहाँ पनि समस्याहरू आउन सक्छ । त्यसैले हामीले शान्ति र स्थायित्वको लागि विशेष ध्यान दिनुपर्ने हुन्छ । र, राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ । हामी सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेलौँ । मैले पनि एउटा वरिष्ठ नागरिकको हैसियतले, सबैले चिनेको नागरिकको हैसियतले मैले गर्ने कुरा गर्छु । र दलहरूले बढी भूमिका खेल्नुपर्ने म ठान्छु । र, दलहरूलाई सबैले सुझाव पनि दिनुपर्छ । तर अव दलका नेताहरूले पनि बाहिर चाहिँ धेरै बोल्ने, आफ्नो पार्टी भित्र केही पनि गर्न नसक्ने यो तरिकाको चाहिँ मेरो आज सार्वजनिक रूपमा नै आलोचना छ । त्यसैले तपाईँहरूले सबैको कुरा सुन्नुपर्छ । र त्यो कुराहरूको आधारमा हामीले हाम्रो पार्टीको मर्म र भावना अनुसार काम गर्न सकेको छ कि छैन ? यो कुरा बुझ्नुपर्छ । र, नयाँ पुस्ता कसरी आइराखेका छन् ? नयाँ पुस्ताको मनोभावना के छ ? उनीहरूको माग के छन् ? त्यसलाई राज्यले कसरी सम्बोधन गर्न सक्छ ? त्यस कुरामा हामी जानुपर्छ भन्ने मलाई लाग्छ ।’
पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दलहरूले नयाँ पुस्ताको मनोभावनालाई सम्बोधन गर्दै मुलुकलाई अघि बढाउन जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने समेत बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
-
दर्ता प्राप्त चिकित्सकले मात्र रेडियोलोजी सेवा दिन पाउने कानुनी व्यवस्था पालना गर्न माग
-
काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा
-
नेतन्याहुले छिट्टै अमेरिका भ्रमण गर्ने
-
२०२२ देखि विश्वकप २०२६ सम्मः जसलाई पनि हराउन सक्ने टोली
-
अत्यधिक गर्मीका कारण अमेरिकामा स्वतन्त्रता दिवसका कार्यक्रम प्रभावित, केही स्थगित र रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण