बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

दसैँमा गाउँ फर्किनेको लर्को : अग्रिम टिकट नहुँदा समस्या भएको यात्रुहरूको गुनासो

शनिबार, ११ असोज २०८२, १२ : ३८
शनिबार, ११ असोज २०८२

सारांश

  • विजया दशमी सुरु भएसँगै मानिसहरू गाउँ फर्किन थालेका छन् र काठमाडौँका विभिन्न स्थानमा गाडी कुरिरहेका छन्।
  • दसैँको अवसरमा घर फर्किने यात्रुहरूको सङ्ख्या बढ्दा केही सडकमा पहिरो र अग्रिम टिकट नहुँदा समस्या भएको छ।
  • वीपी राजमार्ग हुँदै पूर्व जानेहरू गौशाला र कोटेश्वरमा जम्मा भएका छन् र यात्रुहरूले सवारी व्यवस्थापनमा गुनासो गरेका छन्।

काठमाडौँ । नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएसँगै गाउँ फर्किनेहरूको लर्को लागेको छ । काठमाडौँ उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला, जडीबुटी लगायतका क्षेत्रमा मानिसहरू गाडी कुरेर बसिरहेका देख्न सकिन्छ । 

दसैँमा काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको सङ्ख्या उल्लेख्य हुने गर्दछ । दसैँ नेपालीहरूको महान् चाड भएकाले पनि काठमाडौँलाई कर्मथलो र अध्ययन स्थल बनाएकाहरू आफ्नो गाउँ फर्किरहेका छन् । केही सडक खण्डहरूमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरू अलपत्र परेका छन् । 

वीपी राजमार्ग हुँदै पूर्वको यात्रा गर्नेहरू गौशाला, कोटेश्वरमा भीड देख्न सकिन्छ । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरूको गुनासो छ । 

विगतका वर्षहरूमा अग्रिम टिकटको व्यवस्था हुँदा पहिलै टिकट काटेर राख्न मिल्ने र टिकट लिएको दिन आएर घर जान पाउने व्यवस्था रहे पनि यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नु परिरहेको बताए । केही यात्रुहरूले रिजर्भमा गएका, केही पहिरोका कारण रोकिँदा बस नपाएको गुनासो समेत गरेका छन् । -न्युज एजेन्सी नेपाल

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप