एमाले सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
आइतबार, १२ असोज २०८२, ०६ : २८
सारांश
- एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे भक्तपुरमा बस्ने भएको छ।
- बैठकमा 'जेनजी' प्रदर्शनपछिको राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ।
- पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय लिइनेछ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ ।
बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने उनले बताए । बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।
बैठकमा पछिल्लो घटनाक्रमपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, सङ्गठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने विभाग प्रमुख गौतमले जानकारी दिए । जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण