न्युक्यासलमाथि आर्सनलको नाटकीय पुनरागमन जित
सारांश
- ग्याब्रियलले खेलको ९६औं मिनेटमा गोल गर्दै आर्सनललाई न्युक्यासलविरुद्ध २-१ गोलको जित दिलाए।
- न्युक्यासलका निक वोल्टेमेडले ३४औं मिनेटमा गोल गर्दै अग्रता दिलाए भने ८४औं मिनेटमा मेरिनोले बराबरी गरे।
- आर्सनलले जितसँगै लिगको शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी २ अंकमा झार्यो, न्युक्यासल निराश बन्यो।
लण्डन । ग्याब्रियलले खेलको ९६ औं मिनेटमा गोल गर्दै आर्सनललाई न्युक्यासल युनाइटेडविरुद्ध प्रिमियर लिगमा २-१ गोलको जित दिलाएका छन्। रक्षापंक्तिका खेलाडी ग्याब्रियलले मार्टिन ओडेगार्डको कर्नरमा हेडमार्फत गोल गरेका थिए ।
यस तनावपूर्ण खेलमा निक वोल्टेमेडले ३४ औँ मिनेटमा न्युक्यासललाई अग्रता दिलाएका थिए । ८४ औँ मिनेटमा मिकेल मेरिनोले खेल बराबरीमा ल्याए।
इन्जुरी समयमा आर्सनलले सबै तीन अंक खोस्दै लिग शीर्ष स्थानमा रहेको लिभरपुलसँगको दूरी दुई अंकमा झारेको छ । उता, न्युक्यासललाई निराश बनाएको छ।
यसअघि, खेल गोलरहित रहेकै बेला भिडियो सहायक रेफ्री (भीएआर) को हस्तक्षेपपछि पेनाल्टीको निर्णय उल्ट्याउँदा आर्सनल खुसी थिएन। खेलको १५ औं मिनेटमा स्ट्राइकर भिक्टर ग्योकेरेसलाई न्युक्यासलका गोलकिपर निक पोपले लडाएका थिए। रेफ्री गिलेटले पेनाल्टीको सङ्केत गरे, तर भीएआरपछि उनले आफ्नो निर्णय बदले।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण